
काठमाडौं, २३ पुस । सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेडले कर्णाली प्रदेशको प्रादेशिक कायौलय सुर्खेतमा स्थापना गरेको छ । कार्यालयको सोमबार एक कार्यक्रमकाबीच आरम्भ गरिएको हो । कर्णाली प्रदेशमा बैंकका ७ वटा शाखाहरु कार्यालयहरु रहेका छन् ।
बैंकले यसअघि प्रदेश नं १ को बिराटनगरमा, प्रदेश नं २ को बीरगंजको आदर्शनगरमा, गण्डकी प्रदेश अन्तर्गत पोखराको सिमलचौरमारमा र प्रदेश नं ५ को नेपालगंजमा कार्यालय स्थापना गरिसकेको छ ।
बैंकका हालसम्म देशभर ८१ वटा शाखा रहेका छन् । बैंकले देशभरका विभिन्न ७५ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ्ग एकाईहरुबाट बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।















प्रतिक्रिया