बुधबार, ४ असार २०७६
DainikNepal.com
बुधबार, ४ असार २०७६

होलिवाइनसँग मौका परे देश खान्छन् जहाजको के कुरा !

डिल्ली राम अम्माई २०७५ पुष २२ गते ८:०२

डिल्ली राम अम्माई,बेल्जियम

आमा, त्यो आउँछ र ?
हो, बा, त्यो आउँछ।
त्यो बिहानको सूर्यझैँ उज्यालो छर्दै आउँछ।
त्यसको कम्मरमा झुन्डिएको शीतजस्तै टल्कने
तिमी एक हतियार देख्नेछौ;
त्यसैले ऊ अधर्मसित लड्नेछ!
त्यो आउँदा तिमी पहिले त सपना हो कि भनेर
छामछुम गर्नेछौ, तर त्यो हिउँ र आगो भन्दा पनि
बढ्ता छोइने भएर आउँछ।
हो र आमा?
हो, तिमी जन्मँदा तिम्रो कलिलो अनुहारमा
त्यसकै छाया देख्ने आशा गरेकी थिएँ;
तिम्रो हिस्सी परेको हँसाइमा त्यसैको सुन्दर छवि;
तिम्रो तोते बोलीमा त्यसैको मधुर ध्वनि;
तर त्यो मीठो गीतले तिमीलाई
आफ्नो बाँसुरी बनाएनछ!
त्यो तिमी नै हौला भन्ने
मेरो यौवनभरिको सपना थियो!
जे होस् त्यो आउँछ;
म आमा हुँ, सारा सृजनशक्तिको मुख भएर
म भन्न सक्तछु,
त्यो आउँछ,
मैले यो कुनै अल्छी सपना देखेको होइन!
त्यो आएपछि तिमी यसरी
मेरो काखमा आएर घोप्टिने छैनौ;
सत्य कुरालाई तिमी यसरी
चुम्बकिएर कथा सुनेझैँ सुन्ने छैनौ;
तिमी त्यसलाई आफैँ नै देखन सक्ने, सहन सक्ने र
ग्रहण गर्न सक्ने हुनेछौ;
मैले यसरी धैर्य दिनुको सट्टा तिमी सङ्ग्राममा जाँदा
लाख सम्झाएर पनि नमान्ने आमाको मनलाई
सान्त्वना दिँदै बिदा हुनेछौ;
मैले यसरी रोगीलाई झैँ तिम्रो कपाल
मुसारिरहनु पर्ने छैन!
हेरौँला, त्यो हुरी भएर आउनेछ,
तिमी पात भएर पछयाउनेछौ!
उहिले त्यो जीवनलोकबाट झरेर जूनजस्तै पोखिँदा
सारा जडता सगबगाएको थियो, बा;
त्यो आउनेछ, तिमी उठ्नेछौ!
त्यो आउँछ कि आमा,
मधुर उषाले चराहरुको कण्ठलाई जस्तै
त्यो आउने आशाले मेरो हृदयलाई कुतकुत्याइसक्यो आमा!
हो, त्यो आउँछ,
त्यो बिहानको सूर्यझैँ उज्यालो छर्दै आउँछ।
अब म उठेँ, गएँ।
तर त्यो तिमी नै हौला भन्ने
मेरो यौवनभरिको सपना थियो!

गोपालप्रसाद रिमालद्वारा रचित आमाको सपना नामक कबिता हो यो। यो सपना क्रान्तिकारी कबि रिमालले मुलुकको समिद्धिको लागि देखेको सपना थियो। मुलुकमा हुँदाखाने बर्गको जिबन वृतिमा आमुल परिबर्तनको लागि देखेको सपना थियो। आमाको सपना मार्फत उनले आफ़्नोलागि मात्र देखेको सपना हैन यो। यो सपनामा डा.के आइ सिंहको बिद्रोह,कान्तिकारी नेता भिम दत्तको नेतृत्वमा २००९ सालमा भएको पश्चिम नेपालको बिद्रोहको स्प्रिट समेत जोडिएको छ। उनको क्रान्तिकारी भावनाको उचाईलाई चुमेको छ।

जस्तोकि २००९ सालको त्यो विद्रोहको प्रसंगलाई लिउँ। त्यो बेला सुदूर पश्चिममा नुन र खाद्यान्नको हाहाकार मच्चिएको थियो । कन्चनपुर जिल्लाको ब्रह्मदेव मन्डीमा भन्सारका कर्मचारी र नाफाखोर काला व्यापारीहरूको मिलोमतोमा गोदाममा नुन र खाद्यान्न लुकाई छिपाई राखेको सूचना क. भीमदत्त पन्तलाई प्राप्त भयो । सूचना प्राप्त भएपछि उहाँले मन्डीको गोदाम कब्जा गर्ने योजना बनाउनु भयो । आफ्नो नेतृत्वमा हजारौंको सङ्ख्यामा शोषित, पीडित किसानहरू, दलित, जनजातिहरूको भेला गराई गोदाममा लुकाई राखेको सयौं क्विन्टल नुन र खाद्यान्न कब्जा गरी तिनको अभावले छट्पटिएका जनतालाई वितरण गर्नु भयो ।

ब्रह्मदेव मन्डीको कोटाको व्यवस्था, भन्सार ठेकेदारको मनोमानी, ठेकेदार र कर्मचारीहरूको मिलोमतो र षड्यन्त्रको विरुद्धमा गरिएको त्यस प्रकारको सङ्घर्षको अभियानले जनतामा ठुलो प्रभाव पर्न गयो भने भन्सारमा हाकिम रहेको सुब्बा जयदेव भट्ट, डिट्ठा धर्मसिंह रावल, सुवेदार जोगराज ऐरु विरुद्धको सशक्त कारबाहीले आन्दोलनलाई थप ऊर्जा थप्ने काम गर्यो । त्यस घटनामा डिट्ठा धर्मसिंह रावललाई बोरामा बाँधेर महाकाली नदीमा फ्याँकिएको थियो । हो, आमाको सपना कवितामा त्यो बर्गीय आन्दोलनको स्प्रिटको पद्यात्मक आभा छचल्किएको छ।

त्यति मात्रै हैन उनको कवितामा नेपालका अनगिन्ति आन्दोलनबाट पलाएका आशाका अनगिन्ति पालुवाहरुको माधुर्यता छ। ति आन्दोलनका अभिष्टहरुको बिम्ब छ। झापाको बिद्रोहको शन्देश ,सत्याग्रहको सुन्दरता र जनयुद्धको जागरणले भिजेको युगान्तकारी उत्पिडितहरुको जिबन्त स्वर हो आमाको त्यो सपना।

राजनैतिक रुपमा आमाको सपना पुरा भयो भन्दैछन अहिले सत्ताशिन नेताहरु। त्यहि सपनाको प्रेरणाले जन पक्षीय सम्वृद्धिको नारा गुञ्जिएको छ अहिले देशमा। बर्गीय आन्दोलनको हिमायती ठान्ने शक्तिको बोलाबाला छ अहिले मुलुकमा। ‘इन्कलाब मर्न दिन्नौ’ भनेर बर्षौ संघर्समा होमिएका बाम शक्तिको इतिहाँसमै नभएको दुर्लभ पहल कदमीले यो अवस्था आएको हो। उनीहरुले संबिधान सभाबाट मिलेरै संबिधान बनाएका हुन्। कांग्रेश र बाम शक्तिहरुको मोर्चाले परिवर्तनलाई संस्थागत गर्दै अगाडी बढेकोले मुलुक समाबेशिता सहित संघिय गणतन्त्रमा जान सम्भब भएको हो।

बिगतको तिक्तता बिर्सदै शक्तिशाली बामपन्थी ध्रुबका दुई पार्टीहरु समृद्धिकै आलोकले सहकार्यको लागि उर्जा पैदा गरे,चुनाबी मैदानमा होमिए,एकताको उर्जाले चुनाबी माहोल उनीहरुतर्फ ढल्कियो र चुनाब गज्जबले जिते । दुइतिहाईको नजिक पुगेर चुनाबी परिणामको अन्त्य भयो। त्यो उत्साहमा अझै उचाइ थप्दै मधेशबादी दललाई समेत सरकारको ढोका खुला गरे। तराइका दुई ठुला दल मध्ये एउटा सरकारमा आयो अर्कोले सरकारलाई समर्थन दिदै सरकारमा आउन खुट्टा उचाल्यो।

भन्नु पर्दा अझैसम्म स्थिति परिबर्तनको अनुकुलतामा छ। कारण सक्तिशाली बाम सरकार छ। तर दुखको कुरा हिजो राज्यको दोहन गर्ने सामन्तबादी मालिकहरुको तुलनामा यो सरकारले ‘अहा’ भनेर देखाउन मिल्ने सिरिफ राजनैतिक आन्दोलन बाहेक केहि उदाहरण देखाउन सकेको छैन। मुलुकको यो विषाक्त गरिबिको कारण के हो ? यसको ऐतिहासिक शृङ्खला कहाबाट शुरु भयो ? त्यसलाई कसरि रोक्न सकिएला ? सरकारको ध्यान त्यता पटक्कै देखिएको छैन। हाम्रो देश गरिबी आँफै पैदा भएको त होइन । नेपाली भिख मंगा भएको इतिहाँस पनि कतै भेटिदैन । बाम सरकारले समृद्धि त भनेको छ तर कुनै नीतिगत सुत्र तर्फा ध्यान दिएको छैन। नेता बिजयको उन्मादमा मस्त र पुष्ट हुदैछन कार्यकर्ता जी हजुरीमै ब्यस्त देखिन्छन। जनता बिचरो चुनाब पछि आफुले भोट हालेर जिताएकाहरुको ‘काण्डरुपी कंशलिला’ हेरेर बस्न बाध्य छ।

यो देशलाई धनि बनाउने सुत्र बचत हो, राज्यकोषको बचत बढाउने उपाए निर्यातको बढोत्तरी हो । त्यसको लागी नेपालको कृषि, औद्योगिक र सांस्कृतिक आत्मनिर्भरता आवस्यक हुन्छ। यहि हो समृद्धिको सुत्र। त्यसको लागि राज्यको नीति खै ? प्रश्न अहिलेसम्म अनुत्तरित छ। नेताहरुले समृद्धिको नारा मात्रै घन्काएका छन् तर नीति तथा कार्यक्रम त्यो अनुरुप छैन। हिजोका सासकहरुको गल्ति दोहोर्याउदै छन् नेताहरु। निजि सम्पति र पुँजीजीबीहरुको सेवामा लहसिएका छन् नेताहरु। नेताहरुले दुखको बेला गास बास दिने गरिब जनताहरु नेताले बिर्सदै गएको आभास हुन थालिसकेको छ।

राज्यका भारदारहरु भ्रष्टचारमा लिप्त हुदै गएको प्रमाण अब कसैले प्रमाणित गर्नु पर्दैन। कमिसनको लागि माथिल्लो कर्णाली हाइड्रोको म्याद थप,वाइड बडी जहाज खरिद प्रकरणमा लेखाले दिएको प्रतिबेदन, एन्सियल कमिसन, क्रिस्चियन धर्मको प्रचारमा राज्यको संलग्नता,आयल निगम काण्ड, निर्मला बलात्कार तथा हत्या काण्ड,मेडिकल माफियाको प्रभावमा शैक्षिक नीति निर्माण जस्ता काण्डले अभिसप्त हुदैछ यो सरकार। कार्यकर्ता कराउन थालिसकेकाछन तर राज्यले आफुलाई सच्याउन मानिरहेको छैन। समृद्धिको नारा लिएर चुनाब जितेका बामहरू जनसेवक हुनु पर्ने हो। उनीहरुले जनअपेक्षा यति छिटै नबिर्सनु पर्ने हो। नेपाल गरिब छैन र हुन पनि दिने छैनौं भनेर प्रमाणित गर्न कम्मर कसेर लाग्नु पर्ने हो। तर सरकारले राणा सासनमा भएका गल्तिहरु, व्यभिचार र दण्डहीनतालाई पोषण गरिरहेको छ। सरकार बाम पन्थी जस्तो त छान्दै छैन सुधारवादी जस्तो समेत देखिएन। क्रिस्चियनहरुको सम्मेलनमा आयोजक बनेपछि कतै यो सरकारका संचालक पराइको खुराकले बाँचेका ‘क्रिश्चियन कन्जरभेटिभ दाश ‘ त हैनन् ? संका गर्न सकिने अवस्था सृजना भएको छ।

तथ्यले के देखाउछ भने तेश्रो विश्वका देशहरुमा गरिबीका कारक यस्तै साम्राज्यबादीका दाशहरु थिए र हुन्। सुगौली सन्धि अगाडिको हाम्रो इतिहाँसमा नेपाल समृद्ध थियो। किनकि त्योबेला हरेक कुरामा नेपाल आत्मनिर्भर थियो। हतियारदेखि आँफुलाई आवस्यक हरेक कुरा नेपाली आँफैले निर्माण गर्थे। तर जंगबहादुरको बेलायत भ्रमण पछि नेपाल गरिब हुदै गयो। कारण थियो बेलायतसंगको असमान सन्धि। त्यसैको शृङ्खलामा १८८२/८३ मा चन्द्रशमशेर जब बेलायत गए, बेलायतीको पाँचओटा सर्त मानेर आए ।

बेलायतको शर्त अनुशार नेपालका खानि बन्द गरीए। नेपाल खनिज सम्पदामा आत्मनिर्भर थियो। पछि क्रमश परनिर्भर हुँदै गयो। त्यसबाट जोगिने पैसा बेलायत पुग्यो।

दोस्रो निर्णय अनुशार नेपालले कपास खेती बन्द गर्नु पर्ने भयो । पर्सादेखि सुनसरीसम्म कपास खेती बन्द गरियो। कपासबाट बन्ने उद्योग बन्द भए। गोरेहरुले आँफुले उत्पादन गरेको टेलिकटन र ट्यार्लिङ्गको कपडा बेचे। त्यसले नेपाललाई झन् परनिर्भर बनाउदै लग्यो। हामीले कमाएको रकमको ठुलो हिस्सा बेलायतिहरुले लगे। अर्को निर्णयमा बेलायति साम्राज्यबादीले आफ्नो चुरोट बेच्न नेपालको गाँजा खेती बन्द गराए । त्यतिवेला नेपालीले भाँगोलाई अचार चटनी बनाएर खान्थे। निबुवा वा कागतिमा साँधेको भाँगोको चटनी पेटको रोगको लागि औसधि मानिन्थ्यो। तर लागु पदार्थको बहानामा बेलायति साम्राज्यबादले नेपालमा गाँजा खेति बन्द गरायो ।

कारण ब्रिटिसले हामीलाई चुरोट बेच्न चाहन्थ्यो । गाँजा बन्द भएको एक महिनापछि नेपालमा सित्तैमा चुरोट बाँड्न थालियो । बानि पारेपछि ब्यापार शुरु गर्यो। त्यसपछि उसले नेपाललाई क्रमश आर्थिक उपनिबेश बनाउन शुरु गरेको हो। राजनैतिक रुपमा नेपाल सुगौली सन्धि पछि उपनिवेश भयो भने आर्थिक रुपमा चन्द्र समशेरको बेलायत भ्रमण पछि उपनिवेश हुदै गएको हो। अहिले हाम्रो अर्थतन्त्रलाई प्यारालाइज बनाएको एउटा कारण साम्राज्यबाद हो भने अर्को कारण नेपालको सत्तामा हालीमुहाली गरिरहेका साम्राज्यबादी दाशहरु हुन्।

त्यसै गरिब भएको हैन हाम्रो मुलुक । साम्राज्यबादी कुटनिति र परनिर्भर अर्थनीतिले हामी अझै सकिदै गैरहेकाछौ। अब राज्यले आत्मनिर्भरतामुलक नीति नअँगालेसम्म नेपाल धनि हुन सम्भब नै छैन। किनकि हामीले ९६ रुपैयाँको आयात गर्दा केवल ४ रुपैयाँको निर्यात गरिरहेका छौ। यो अवस्था भनेको नेपाल आर्थिकरुपले लगभग थला परेको अवस्था हो।

यहि बिचमा अहिलेको बामपन्थी सरकारले समृद्धिको नारा उरालेको थियो ? यो नाराले सबैलाई छोएको पनि हो । ‘जरा न सारा समृद्धिको नारा भनेझैं’ राज्यको नीति निर्माण तहमा स्वाधिनता र आत्मनिर्भरता हराइरहेको छ। यी दुवै तन्तु नभएको समृद्धि प्रधानमन्त्रीको खोपीमा इन्तु न चिन्तु छ। भ्रस्टाचार र कमिसनको खेलमा बाम सरकार समेत नराम्ररी फसेको छ। प्रधानमन्त्रीलाई आफ्ना दलदलमा फसेका कार्यकर्ता चोख्याउन धौधौ भैरहेको छ। उनले काण्डले थला परेका मन्त्रि वा कमिसन खोरहरुलाई सुम्सुम्याउदै म्याउ म्याउको शैलीमा छानबिन आयोगका चंगा उडाउदै छन्।

‘गोप्य पदार्थ ‘हालेको रौसिले अझै छोडेको छैन उनीहरुलाई। निर्मला हत्याको आवाज अन्तराष्ट्रियकरण भैसकेको छ तर बाइड बडी जहाज काण्डले सिंगो सरकारलाई हावाकावा पारेको छ। यातायात मन्त्रि रबिन्द्र अधिकारीलाई आयोगले डामी सकेको छ। यस्तोमा समृद्धि ‘कठै’ बनेर कहाँबाट हेरेको होला खै देख्नेले जानुन । जनता भन्दैछ,’बजेट भाषण कर्मकाण्डी मात्र भयो जनमुखी हुने सकेन।’ बजेटमा रुग्ण उद्योगलाई फेरि अगाडि ल्याउन शीर्षक नै छैन । आत्मनिर्भर अर्थतन्त्रको तन्तु नै छैन,राज्यको ससक्त जनमुखी योजना नै छैन। यस्तोमा कबि रिमालको आमाको सपना र भीमदत्त पन्त तथा जनयुद्धको स्प्रिटको के गफ गर्नु र खै !

नेपालका सबै उद्योगहरु पनि लगभग धरायासी भै सकेका छन्। ति उद्योगलाई धरायासी बनाइयो वा बनाउन लगाइयो तर त्यसलाई रोक्ने साहस कसैले देखाएन । कागजमा नेपाल आत्मनिर्भर हुने लागेको थियो। चलेको केहि काल पाछी भृकुटी कागज कारखानालाई पनि धरायसि बनाइयो। धागो, कपडा, चुरोट, जुत्ता लगायत सबै कारखानाहरु धायासी भै सके। हाम्रो कमाइको कुनै भाग पनि नेपालमा रोकिन नसक्ने अवस्था छ। बचतले नै समृद्धि हुने हो। अब त कृषि क्षेत्र पनि परनिर्भर भैसक्यो। बिउ पल, बिरुवा फुल, अण्डा, मासु, मल सबैमा परनिर्भर। अनि के ले हुन्छ मुलुकको सम्वृद्धि ? दुइ वटा जहाज किन्दा एउटा जहाज किन्ने पैसा भ्रष्ट्राचार हुने देशमा कसरी हुने समृद्धि ? केहि अगाडी ‘अहिलेका छद्मबाम बनामहरुले विदेशीले कुन्नि के मिसाएर पियाएको होलि वाइनसंग देश खान्छन जहाजको के कुरा !’ भन्ने आरोप सुनेको थियो यो पंतिकारले। अहिले मुलुकको भ्रष्ट राजनैतिक अवस्थालाई नियालेर हेर्दा हैन भन्ने आधार खोज्न कठिन भैरहेको अवस्था हो।

बिजुलीमा लगानी गरेर कमाउने भन्नु पनि ठगि धन्दा जस्तो भएको छ नेपालमा। सबैतिर कमिसनको खेल छ। बिदेशीहरुलाई खोलाहरु कमिसन लिएर बेच्ने होड चलिरहेको छ। राज्यले आफ्ना भ्रष्ट कार्यकर्ता जोगाउने धन्दा खुबै फस्टाएको छ। आफ्नो नियत अनुशार अक्तियार,न्यायालयमा हुने चलखेल र नियुक्तिलाई तिब्र पारिएको छ। देशमा निर्यातमुखी पोलिसी बनाउने ध्यान भन्दा पादरीको ग्याम प्लानमा भाग लिएर नेपाललाई अझ कंगाल बनाउदै धार्मिक युद्धतर्फ धकेल्ने संकेत देखिइसकेका छन्। नेपालीको समृद्धिको स्वादिष्ट अचार बर्तमान बाम रुपी कुहेको आलुबाट सम्भब छैन। त्यसको लागि भिम दत्तहरुको चिहानबाट बिष्फोटन सहित नयाँ संकल्पित ज्योतिहरुको पुनर्जागृत हुन आवस्यक देखिन्छ।

प्रतिक्रिया
सम्बन्धित