-सिद्धिचरण भट्टराई
०६६ सालमा नेकपा एमालेको छैटौ जिल्ला अधिवेशनबाट जिल्ला सदस्य बनेपछि तत्कालिन देवदह र केरवानी गाविसको इन्चार्ज को जिम्मेवारी पाएँ । ०४७ साल देखि नै बिद्यार्थि आन्दोलन, कम्युनिष्ट आन्दोलन, जनवादी क्रान्तिका पक्षमा निरन्तर कलम चलाउँदै आएपनि भुगोलको राजनीतिमा कम्युनिष्ट सिद्धान्त कसरी लागु गरिन्छ भन्ने बिषयमा म कलिलो बिद्यार्थि जस्तो थिएँ ।
माक्र्सवादी विचार पद्धती अनुसार बर्गिय समाजमा वर्ग संघर्ष चलिरहन्छ । समाज विकासका हरेक युगमा वर्ग संघर्षकै कारण क्रान्ति र परिवर्तनहरू सम्भव हुँदै आएका छन । सामाजिक द्वन्द्वहरूले परिवर्तनलाई संस्थागत गर्दै जान्छन । माक्र्सवादी अर्थात कम्युनिष्ट राजनीति भनेको ति अन्तरबिरोधहरूलाई चिन्नु र त्यसबाट उत्पीडित वर्गलाई संगठित गर्नु मुक्तिको दिशा दिनु हो ।
यो बुझाईका साथ मैले भुगोलको वर्ग संघर्षको अवस्था बुझने प्रयास गरेँ । जिल्ला कमिटी सदस्य बनेका केही महिनामा नै मैले यी २ गाविसमा वर्ग संघर्षका सवालका मुद्धाहरू पहिचान गरेँ । ति मध्ये मुख्य गरी धेरै जनतालाई प्रभाव पारिरहेको समस्या थियो ः लालपुर्जा बिहिन जनताका समस्या । जसले यी २ गाविसको ७० प्रतिशत जनताको समस्यालाई सम्बोधन गर्थ्र्यो । यो समस्या समाधान गर्न पार्टीको कुनै वर्गिय आन्दोलन गर्ने मोर्चा वा जनसंगठन थिएन ।
मैले यही सवाललाई वर्ग संघर्षको सवालको रुपमा उठान गर्ने निधो बनाएर पार्टी नेताहरू संग सल्लाह गरी सरोकारवालाहरूको भेला गरी सुकम्वासी मुक्ति अभियान नामक एक सामाजिक वर्गिय संगठन खोलेँ ।
सायद जग्गाकाण्डको बिषयमा बलु पहिले देखिनै जानकार थिए । उनले बुवाको हिच्कीचाहट देखेर भने “यो मुद्धा राम्रो संग उठाउनु भयो भने मात्र केरवानी र देवदहमा नेकपा एमालेको राजनीति स्थापित हुन्छ । बलियो हुन्छ
देवदहबाट शुरु भएको यो अभियान, केरवानी, मक्रहर, बुटवल हुँदै छिट्टै रामापुर, सालझण्डी, सुर्यपुरा हुँदै रुद्रपुर सम्म फैलियो र जिल्लास्तरीय संगठनको रुपमा विकास भयो । मलाई नै संगठनका साथीहरूले जिल्ला अध्यक्षको रुपमा जिम्मेवारी दिनु भो ।
हामी संग स्थानीय भुमि सरोकारहरू, गाविस र नगरपालिका, बिद्यालय, बन कार्यलय, भुमिपतिहरू, जमिन्दारहरूबाट सताईएका व्यक्तिहरू, माओवादीहरूले झण्डा गाडेका ठाउँका किसानहरूले पाएका दुखकष्टहरू जस्ता सवालहरू संगठनमा मुद्धाका रुपमा आउन थाले । एकदिन देवदहका युवा संघमा संगठीत युवाहरूले देवदह वडा नम्बर ३ मा रहेको जमिन्दारको १० बिगाह क्षेत्रफल जग्गा खेतहर मज्दुरका रुपमा रहेका मुसहरहरूका घरमा आगो लगाएर केही गुण्डाहरूले लखेटेको, तिनै गुण्डाहरूले स्थानीय बिद्यालयको नाउँबाट खोसेर समितीका अध्यक्षका कन्चटमा पिस्तोल तेर्साएर उक्त जग्गा आफना नाममा कागज बनाएर बेचि खाएको पिडादायी खबर लिएर आए ।

माओवादीले ६ बर्षदेखि झण्डा गाडेको उक्त जग्गा २ वटा दलका युवा संगठन(युवा संघ र वाईसिएल)का जिम्मेवार नेता मिलेर व्यक्तिहरू मिलेर लुटि खाएको सूचना आएपछि हामीले हाम्रो अभियानको क्षेत्रिय संयोजक(टोलराज विक) र केरवानी अध्यक्ष टेक बहादुर पुलामीको अगुवाईमा एक अध्ययन टोली गठन गर्यौं । टोलीलाई गुण्डाले तर्साएर जबरजस्ती गराएको सूचना जनताले भन्न नसक्लान भनेर हामी एमाले नेता पुर्व केरवानी गाविस अध्यक्ष निलकण्ठ पौडेलको संग गयौं ।
उहाँले उक्त जग्गाको साँगो पाँगो त बताउनु भयो तर उहाँले यो मुद्धालाई स्थानीय वर्ग संघर्षको मुद्धा बनाउने कि नबनाउने भन्ने बिषयमा हिच्कीचाउनु भयो । हाम्रो कुराकानी हुँदा स्व.दुर्गा तिवारी बसन्त पौडेल बलु लगायत युवाहरू संगै थिए । उनले हाम्रो कुराकानी सुनिरहेका थिए । सायद जग्गाकाण्डको बिषयमा बलु पहिले देखिनै जानकार थिए । उनले बुवाको हिच्कीचाहट देखेर भने “यो मुद्धा राम्रो संग उठाउनु भयो भने मात्र केरवानी र देवदहमा नेकपा एमालेको राजनीति स्थापित हुन्छ । बलियो हुन्छ । यस्तो गलत काण्डका बिरुद्ध तपाई उभिनु पर्छ र यो संघर्षलाई साथ दिनु पर्छ ।” छोरा बलुको यो सल्लाह पछि निलकण्ठ कमरेडले हामीलाई साथ दिने बचन दिनु भयो । उहाँको सहयोगमा उक्त काण्डको नालीवेली तयार भयो ।
संगठनले देवदह ३ टटेरामै जिल्लाभरका पत्रकार बोलाएर पत्रकार सम्मेलन गरी जग्गा ठगि काण्डको भण्डाफोर गर्यो । यसले एक पटक रुपन्देही क्षेत्र नं १ को राजनीतिमा ठूलै हलचल ल्यायो । त्यो हलचल र वर्ग संघर्ष अहिले सम्म रोकिएको छैन ।
विडम्बना के भईदियो भने “वर्ग संघर्षको कथा” सुनाउने नेताहरू जनताले शुरु गरेको यो खालको वर्ग संघर्षलाई पहिचान गर्नु, महसुस गुर्नको साटो व्यक्ति हिरो हुन खोजेको जस्ता संकिर्ण आरोप लगाएर पन्छिन खोजे । पछि वाईसिएल, युवा संघ र तरुण दलका अगुवाहरूकै संलग्नतामा बुटवल नेपालगञ्ज रोडमा १२ घर सुकुम्वासीबस्तीमा राती १२ बजे नै बुल्डोजर चलाएर भत्काउने कोशिष गरियो । यो रवैयाको सुकुम्वासी संगठनले जमेर बिरोध गर्यो। तर बिडम्बना युवा संघका नेता दुर्गा तिवारी र सरिता श्रीसहरूले आफनै संगठनमा यस्ता कुकृत्यमा संलग्नहरूलाई कारवाही गर्न पार्टी नेतृत्वलाई प्रक्रिया अघि बढाउँदा पार्टी नेताहरूबाटै अडचन खडा गरियो । हामीले बुझनु पर्ने संगिन प्रश्न हो यो “साँच्चीकै हामीले पार्टी कस्तो बनाएछौं ?” । ‘किसान मुक्तिका लागि जमिन्दारका जमिनका झण्डा गाडने माओवादी आज कहाँ छ ? उसको पक्षधरता कहाँ छ ?’
केरवानीको सुकुम्वासी संगठन, देवदहको संगठन र क्षेत्रीय संगठन, पार्टी गाउँ कमिटीको समन्वयमा यी मुद्धालाई क्रमश उठान गर्ने, जिल्लाका सरकारी एजेन्सीहरूलाई यसको समाधान गर्न ध्यानाकर्षण गर्ने काममा अगुवाई भयो । जिल्ला प्रसासनमा ठगहरूले लिएको रकम सार्वजनिक कायम भईसकेको जमिन्दार हदबन्दी बढिको उक्त जग्गाको रकम खरिदकर्तालाई फिर्ता गर्ने कागज बुझाए र उन्मुक्ति लिए ।
भुमिसुधारको आन्दोलन गर्नुको साटो जग्गा दलालहरू संग मिलिभगत गरी धेरै ठाउँका जग्गा कारोवारमा मुछिएका समेत थिए । यो परिवेशमा संसदीय धारमा रहेको शान्तिपूर्ण प्रतिष्प्रर्धामा बिश्वास राख्ने पार्टीले जोताह किसानको पक्षमा वा अतिक्रमित वा ठगिमा परेको जग्गाको सार्वजनिकरण गर्ने मुद्धा उठाउनु एक अनौठो घटना थियो
यो ठगि काण्डमा कुख्यात गुण्डा नाईके बनेका मनोज पुन, सालिकराम चापागाई सहित पुर्व माओवादीका जिम्मेवार व्यक्तिहरूको संलग्नता थियो । हामीले उठाएका सवालहरूमा युवा शक्तिलाई परिचालित गरी साथ दिएका कमरेड दुर्गा तिवारी र बसन्त पौडेलको ०७३ पुस ४ र ०७४ पुस २१ मा सोही मनोज पुनको निर्देशनमा संगठीत गिरोहबाट हत्या गर्यो ।
त्यतिबेला माओवादीका जिम्मेवार नेताहरू शान्ति प्रक्रियामा आएपछि जमिन्दार जग्गामा गाडिएका भुमिहिन किसानका नाउँमा गर्न भुमिसुधारको आन्दोलन गर्नुको साटो जग्गा दलालहरू संग मिलिभगत गरी धेरै ठाउँका जग्गा कारोवारमा मुछिएका समेत थिए । यो परिवेशमा संसदीय धारमा रहेको शान्तिपूर्ण प्रतिष्प्रर्धामा बिश्वास राख्ने पार्टीले जोताह किसानको पक्षमा वा अतिक्रमित वा ठगिमा परेको जग्गाको सार्वजनिकरण गर्ने मुद्धा उठाउनु एक अनौठो घटना थियो । श्रमजिवी वर्गको हितको आन्दोलनलाई महत्व नदिएकै कारण नेकपा एमाले पहिलो शक्तिबाट तेश्रो शक्तिमा झरेको निष्कर्ष क्रान्तिकारी बुद्धिजिवीको थियो ।
अनेकौ पटकका बैठकहरू मार्फत हामीले उक्त जग्गा सार्वजनिक गर्न अभियान चलायौं। गाविस संग अन्तरक्रिया, सर्वदलीय बैठक, नेकपा एमाले केरवानी गाउँ कमिटीकै अगुवाईमा लुम्बिनी बिश्वबिद्यालयलाई जग्गा हस्तान्तरण गर्न पहल जस्ता कामहरू हामीले गर्यौ । यो संघर्षमा कतिपय स्थानीय तत्कालिन माओवादी कार्यकर्ताको समेत हामीलाई साथ सहयोग रहेको थियो ।
यही क्रममा साविक पटखौली हाल ओमसतिया–२ भेलाईमा दुखु अहिरले खरिद गरी जोतभोग गर्दै आएको २ विगाह जग्गा वेच्ने जमिन्दारले उनका हातबाट खोस्ने , खेति लगाउन नदिने गरेको भन्दै एक निवेदन लिएर पार्टीको बैठकमा आए । उनको निवेदन हेरे पछि र फिल्ड अध्ययन गरेपछि त्यत्रो जनयुद्ध र जनआन्दोलनपछि किसान र श्रमजिवी जनताले यसरी दुख पाउने कुरा सह्रय छैन भन्ने लागेको हुनाले हामीले यसलाई पनि स्थानीय संघर्षको बिषय बनायौं । संगठन र पार्टीले समेत यो केशमा हात हालेपछि धेरै चरणमा झडपयुक्त स्थीति पैदा भयो । यी सबै भौतिक उपस्थितीका लडाईमा युवाहरूलाई परिचालित गर्ने काममा शहीद दुर्गा तिवारी र बसन्त पौडेलको भरपुर पार्टी र संगठनलाई साथ थियो । भेलाईमा दुखु अहिरलाई खेत रोप्ने वातावरण बनाउन गरीएको जन परिचालनका क्रममा जमिन्दार राणा परिवारले ठूलै लठैतहरूको जत्थाबाट झण्डै दुर्गा तिवारी, राजु गुरुंग र मलाई सिद्धाएका थिए । प्रहरी ठूलै संख्यामा उपस्थिती भएपछि हामी घेराबन्दीबाट फुत्किएका थियौं ।
युवाहरूलाई आफै गरिखान प्रेरित गर्ने, ठगिखाने कुरा गलत हो युवा नेता हौं भनेर व्यापारी, किसान ठग्दै, धम्काउँदै आर्थिक जीवनलाई तहसनहस पार्न खोज्ने डनतन्त्रका बिरुद्ध दुवै युवा सक्रिय थिए । आफनो लुटतन्त्रमा साथ नदिएको र त्यसका बिरुद्ध जनतालाई संगठीत गर्दै परिचालित गरेको कारण दुर्गा र बसन्त प्रति अपराधि मनोबृतिका व्यक्तिहरूको संलग्नतामा षडयन्त्रपूर्ण हत्या भएको यथार्थता हो । यही भएर हामीले दुवै जनालाई शहीद घोषणा गर्न राज्यलाई दबाबकारी आन्दोलन पनि गर्यौं । तर एक बर्षको अन्तरालमा ठूलै क्षतिपछि(बसन्त पौडेल बलुको हत्या) मात्र राज्यले दुवै जनालाई शहीद घोषणा गरियो । यद्यपी त्यसको अनुभुति हुने गरी आफनै पार्टी नेतृत्वको सरकारले अझै शहीदको घर टेकेको छैन । उनिहरूका आँसुमा मल्हम लगाउने चेष्टा गरेको छैन । यो बिडम्बना हो ।
हिजो २ धारमा रहेका नेकपा एमाले र एकिकृत माओवादी पार्टी एक भएर नेकपा(नेकपा) भएको छ । यसपरिवेशमा हामीले पार्टी बिशाल बनाएका छौं । बिशाल पार्टी बनाउँदा पार्टी संगै बिकृति बिसंगती पनि बिरासतका रुपमा हामी विच थुप्रिएका छन । कार्यकर्ताको आचरण र व्यवहारमा शुद्धिकरण ल्याउन सकिएन भने सामाजिक न्याय र समानताको आन्दोलन हामी बामपन्थीको हातबाट अरु कसैले खोसिदिन सक्छ । हामीले हेक्का राख्नुपर्ने बिषय हो ।
शान्तिपूर्ण कालपछि पनि हामीले २ जना होनहार युवाहरूलाई हाम्रो आन्दोलनबाट गुमाएका छौं । उहाँहरूले उठाएको वर्ग संघर्षको झण्डाले अझै बिजय प्राप्त गरेको छैन । ठगहरूले बेचीखाएको जग्गा सार्वजनिक हितका लागि वा भुमिहिन किसानका हातमा गएको छैन । लालपुर्जा बिहिन श्रमजिवी जनताले न्याय पाएका छैनन । किसानहरूले मुक्तिको सास फेर्न पाएका छैनन । सरकार बामपन्थीकै भएपनि शासन शैली पुरानै छ । वर्ग संघर्षको चेत कमजोर भएको छ तर पार्टी फैलिएको छ । नैतिक आचरण स्खलीत भएको छ भ्रष्टाचार मौलाएको छ र युवाहरूको लस्कर खाडितिर लम्कने संख्या र गति घटेको छैन ।
हामीले वर्गिय हितको चेतबिना शासनसत्ताका मालिक भएपनि जनहितमा केही गर्न सक्दैनौ भन्ने कुरा स्थापित भएको छ । यसर्थ शहीद दुर्गा र बसन्तपौडेलबाट आजका युवाले संघर्षको चेतना अंकुराउने कोशिष गरुन र उनीहरूको स्मृती सभाबाट यही प्रेरणा लिउन । नयाँ बन्दै गरेको पार्टी नेकपा(नेकपा)ले स्थानीय वर्ग संघर्षको स्थीति आंकलन गरोस । त्यो संघर्षमा आफना नेता कार्यकर्ताको पक्षधरताको मुल्यांकन गरोस, पार्टी जिम्मेवारी दिँदा त्यो पक्षधरता र संघर्षको समर्पण पहिलो आधार बनोस । गरिब किसान, अव्यवस्थित बसोबासी, मुसहर, कुर्मि, श्रमजिवी, औपचारिक र अनौपचारिक क्षेत्रका मज्दुर, उत्पीडित स्वदेशी उद्यमी र पेशाकर्मीहरूको संघर्षलाई श्रमजिवी वर्गको विश्व दृष्टिकोणबाट बुझने चेतना अभिबृद्धि गरोस । यही प्रेरणा लिएर अगाडि बढौ। लाल सलाम दुर्गा बलु ।
(लेखक शहीद दुर्गा बसन्त (बलु) स्मृती प्रतिष्ठान रुपन्देहीका अध्यक्ष हुन्)















प्रतिक्रिया