
काठमाडौं, १९ पुस । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो तेह्रौं वार्षिक उत्सवका अवशरमा विभिन्न कार्यक्रम गरिरहेको छ ।
जसअन्तर्गत बिहीबार सिराहाको गोलबजार र कास्कीको बुढीबजार शाखाले शाखा वरिपरीका टोल तथा बजारमा १०÷१० वटा डस्टबीन वितरणगरेका छन् ।
यस्तै रुपन्देहीको भैरहवा र कोटिहवा शाखा तथा स्याङ्गजाको चापाकोट र गल्याङ्ग शाखाहरुले नजिकका वृद्धाश्रम तथा अनाथालयमा ब्ल्याङ्गकेट वितरण गरेका छन् ।
काठमाण्डौंको कुलेश्वर शाखाले रवि भवनको आमा घरमा खाद्यान्न वितरण गरेको छ । उदयपुरको कटारी शाखाले त्रिवेणी माध्यामिक विद्यालयलाई स्वीटर वितरण गररेको छ भने पर्साको वीरगञ्ज शाखाले समता विद्यालयका विद्यार्थीहरुलाई जुत्तामोजा वितरण गरेको छ ।
यस्तै झापाको विर्तामोड शाखाले अरुणोदय आधारभुत विद्यालयका विद्यार्थीहरुलाई आवश्यक स्टेस्नरी सामान वितरण गरेको छ । सिन्धुलीको कमलामाई शाखाले नवज्योति बहिरा माध्यामिक विद्यालयलाई आवश्यक स्टेस्नरी सामान तथा पानी फिल्टर वितरण गरेको छ ।
तनँहुको दुलेगौंडा शाखाले विपी कम्युनिटि हस्पिटललाई १ थान पानी शुद्धिकरण मेसिन वितरण प्रदान गरेको छ । क्षेत्रीय कार्यालय पोखरा अन्तर्गतका शाखा कार्यालयहरुले वास्यान वृद्धाश्रमलाई आवश्यक सामाग्री वितरण तथा वृहत रक्तदान कार्यक्रम गरेका छन् ।
बैंकले साप्ताहिक वार्षिकउत्सव विशेष कार्यक्रम हप्ताभरी नै सञ्चालन गर्दै आइरहेको छ । कार्यक्रम पौष २२ गतेसम्म जारी रहने बैंकले जनाएको छ ।















प्रतिक्रिया