कावासोती, १९ पुस । गायिका एन्जिला रेग्मीले नवलपुरको मध्यविन्दुमा जारी प्रथम मध्यविन्दु महोत्सवमा दर्शकहरूलाई आफ्नो प्रस्तुति मार्फत मनोरञ्जन प्रदान गरेकी छिन । गायिका रेग्मीले आफ्नो प्रस्तुति मार्फत दर्शकहरूलाई भरपुर मनोरञ्जन प्रदान गरेकी हुन ।
अन्य लोकदोहोरी कलाकारभन्दा फरक शैलीमा स्टेजमा प्रस्तुत हुने गायिका रेग्मीले विशेष गरी युवाहरूलाई केन्द्रित गरी आफ्नो प्रस्तुति प्रस्तुत गर्दा महोत्सव स्थलमा युवाहरुको जमात उल्लेख्य मात्रामा देखिन्थे ।
झण्डै आधा दर्जन गीतहरु मार्फत आफ्नो प्रस्तुति राखेकी रेग्मीको गायन कलाले अन्य दिनमा भन्दा दर्शकहरूको उपस्थितिलाई महोत्सव स्थलमा अबेरसम्म बस्न बाध्य बनाएको थियो ।
गायिका रेग्मीले गाएको दिलको भित्तैमा, कपुरी क, रेवान चस्मा, छक्का पञ्जा ३ को पछि उमेर ढल्किन्छ लगायतका बोलको गितले महोत्सवलाई थप रौनकता दिएको थियो ।
महोत्सवमा गायक कमल खत्रीलगायत कलाकारहरू राशी रिजाल, तुलसा जिसी, हास्य कलाकार नवराज ढकाललगायतले आफ्नो प्रस्तुति दिएको मध्यविन्दु उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष किरणकुमार श्रेष्ठले जानकारी दिए ।
महोत्सवको छैटौँ दिनसम्म झण्डै ५० हजार बढी दर्शकले अवलोकन गरेको आयोजक मध्यविन्दु उद्योग वाणिज्य संघका अध्यक्ष केदार पराजुलीले जानकारी दिए ।
पुस २३ गतेसम्म सञ्चालन हुने महोत्सवमा विभिन्न जातजातिका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सूचना प्रविधिहरूको प्रदर्शनी एवं जानकारी, व्यवसायिक संघ सस्थाहरूको सेवाबारे जानकारी, स्थानीय राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य बस्तुहरूको प्रदर्शनी तथा उचित मूल्यमा बिक्री वितरण, पर्यटन प्रवद्र्धनका सामाग्रीहरूको प्रदर्शनी एवं जानकारी, नवलपुरलगायत विभिन्न पर्यटकीय स्थलहरूको जानकारी, सामाजिक संस्थाहरुको परिचय एवं जानकारी गराइरहेकोे महोत्सवका साँस्किृतिक संयोजक हरिकुमार श्रेष्ठले बताए ।
















प्रतिक्रिया