
काठमाडौँ, १८ पुस । मुक्तिनाथ विकास बैंकका विभिन्न शाखाहरुले विद्यालय तथा स्थानीय तहलाई सामाग्री हस्तान्तरण गरेका छन् ।
१३ औँ वार्षिक उत्सवको अवसरमा बुधबार न्युरोड शाखाले हिमालय माध्यामिक विद्यालयका १५० विद्यार्थीलाई स्टेशनरी, बर्दिबास शाखाले बर्दिबास नगरपालिकालाई १० वटा डस्टबीन र तुलसीपुर शाखाले तुलसीपुर उपमहानगरपालिकालाई २० वटा डस्टबीन हस्तान्तरण गरेको हो ।
बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आफ्नो १३ औँ वार्षिक उत्सवको अवसरमा उक्त सामान प्रदान गरेको हो । बैंकले साप्ताहिक वार्षिकोत्सव विशेष कार्यक्रम हप्ताभरी नै सञ्चालन गर्दै आइरहेको छ । बैंकले संस्थागत, सामाजिक उत्तरदायित्वको विभिन्न कार्यक्रमहरु गर्दै जाने बताएको छ ।















प्रतिक्रिया