३ कार्तिक २०८३, मंगलबार

डलरको भाउ घटयो, मलेसियन रिंगिटको भाउ बढयो

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ पुस । अमेरिकी डलरलगायत विदेशी मुद्राको भाउ घटेको छ । मलेसियन रिंगिटको भने भाउ केही पैसाले बढेको छ ।

सोमबार स्थिर रहेको डलरको भाउ मंगलबार घटेको हो । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि अमेरिकी डलर १ को खरिददर १११ रुपैयाँ ३४ पैसा र बिक्रीदर १११ रुपैयाँ ९४ पैसा तोकेको छ ।

आइतबार र सोमबार अमेरिकी डलर १ को खरिददर १११ रुपैयाँ ६१ पैसा र बिक्रीदर ११२ रुपैयाँ २१ पैसा थियो ।

मंगलबार साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ६८ पैसा र बिक्रीदर २९ रुपौँ ८४ पैसा तथा कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ५८ पैसा र बिक्रीदर ३० रुपैयाँ ७४ पैसा तोकिएको छ ।

सोमबार साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ७५ पैसा र बिक्रीदर २९ रुपैयाँ २१ पैसा तथा कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ६५ पैसा र बिक्रीदर ३० रुपैयाँ ८२ पैसा नै तोकिएको छ ।

मंगलबार युएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ३१ पैसा र बिक्रीदर ३० रुपैयाँ ४६ पैसा तोकेको छ । आइतबार र सोमबार युएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ३९ पैसा र बिक्रीदर ३० रुपैयाँ ५५ पैसा थियो ।

मंगलबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ९४ पैसा र बिक्रीदर २७ रुपैयाँ ०९ पैसा तोकिएको छ । आइतबार र सोमबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ८८ पैसा र बिक्रीदर २७ रुपैयाँ ०२ पैसा थियो ।

मलेसियन रिंगिटको भाउ केही पैसाले बढे पनि कुवेती दिनार बहराइन दिनारको भने भाउ घटेको छ । मंगलबार कुवेती दिनार १ को खरिददर ३६६ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ८९ पैसा तथा बहराइन दिनार १ को खरिददर २९५ रुपैयाँ ३३ पैसा र बिक्रीदर २९६ रुपैयाँ ०२ पैसा तोकिएको छ ।

सोमबार कुवेती दिनार १ को खरिददर ३६७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ६० पैसा तथा बहराइन दिनार १ को खरिददर २९६ रुपैयाँ ०९ पैसा र बिक्रीदर २९७ रुपैयाँ ६८ पैसा थियो ।