३ कार्तिक २०८३, मंगलबार

प्रभु बैंकको नयाँ शाखा गुल्मीको रानीबासमा, परराष्ट्रमन्त्रीले गरे उद्घाटन

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ पुस । प्रभु बैंकले गुल्मीको रुरु गाउँपालिका–४, रानीबास, बलेटक्सारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

आइइतबार रानीबास, बलेटक्सारमा प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको सभापत्विमा आयोजित समारोहमा परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले उद्घाटन गरे ।

रानीबास शाखा कार्यालय उद्घाटन कार्यक्रममा नेपाल सरकारका पूर्व मुख्यसचिव एवं छिमेकी देश चीनका लागि नेपाली राजदूत लिलामणी पौडेल र रुरु गाउँपालिकाका अध्यक्ष निलकण्ठ गौतम पनि सहभागी थिए ।

बैंकले रानीबास शाखा कार्यालय उद्घाटनको उपलक्ष्यमा विपन्न वर्ग, महिला उद्यमी तथा भूकम्प पीडित कर्जा शीर्षक अन्तर्गत ५ जनालाई सहुलियत ब्याजदरको कर्जा उपलब्ध गराएको छ ।

गुल्मी जिल्लास्थित बैंकको रानीबास शाखा कार्यालय उद्घाटन कार्यक्रममा गुल्मी जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय समाजसेवी, व्यापारी, व्यावसायीलगायतको उपस्थिति थियो ।

आजदेखि सञ्चालनमा आएको शाखाबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने विश्वास लिइएको छ । यस्तै रुरु गाउँपालिकाको समग्र आर्थिक विकासमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको जनाएको छ ।