काठमाडौं, १४ पुस । शुक्रबारको बैठक पार्टीको सैद्धान्तिक विषयमा केन्द्रित भएको थियो । पार्टीको न्यूनतम कार्यक्रम जनताको जनवाद हुने कि समाजवाद भन्ने बहस भएको नेता लीलामणि पोखरेलले बताए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
माओवादी पक्षले हेटौँडा महाधिवेशनमा पारित सामाजिक कार्यक्रमलाई पार्टीको न्यूनतम कार्यक्रम बनाउनुपर्ने अडान लिएको छ । तर, तत्कालीन एमाले नेताहरू जनताको जनवादको पक्षमै छन् ।
खासगरी अध्यक्ष ओली पक्ष यो अडानमा अडिग छ । माधव नेपाल पक्षका नेता पनि ससमाजवादी कार्यक्रमकै पक्षमा छन् । सैद्धान्तिक विषय प्रवेश भएपछि एक दर्जन नेताले आ-आफ्नो धारणा राखेका थिए ।
ओली–प्रचण्डको दास्ताबेजमा न्यूनतम कार्यक्रम जनताको जनवाद (यो समाजवादउन्मुख छ) भन्ने उल्लेख छ भने अधिकतम कार्यक्रम वैज्ञानिक समाजवाद उल्लेख छ ।
तर, सहमति नै नभएको विषय प्रतिवेदनमा उल्लेख भएको भन्दै आलोचना भएको छ । अन्त्यमा अहिलेका लागि पार्टी एकताको क्रममा भएको सहमतिअनुसार नै न्यूनतम कार्यक्रम बनाउने सहमति नेताहरूले गरेका छन् ।















प्रतिक्रिया