९ कार्तिक २०८३, सोमबार

स्थायी समिति बैठक पूर्वमाओवादीलाई नौलो, फागुन र चैतमा जनसभा गर्ने

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ पुस । यसपटकको स्थायी समिति बैठक पूर्वमाओवादीका लागि भने नौलो भयो । बैठकमा अध्यक्षको व्यापक आलोचना भएपछि उनीहरू अचम्ममा परे ।

‘माओवादीमा अध्यक्षको आलोचना भए पनि भद्र रूपमा हुन्थ्यो । यसरी आमनेसामने चर्काचर्की हुँदैनथ्यो,’ एक नेताले भने, ‘पूर्वएमालेका नेताहरूले त अध्यक्षलाई भन्नुजति भने । तपाईं बढ्ता बोल्ने बनाउँदै हुनुहुन्छ, निरंकुश ढंगले पार्टी चलाउन पाउनुहुन्न भन्दै आलोचना गरे ।’ नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

पार्टी एकतालाई पूर्णता दिएपछि फागुन र चैतमा देशका विभिन्न ठाउँमा आमसभा गर्ने तयारी रहेको नेकपा स्थायी समिति सदस्य मणि थापाले बताए ।

‘पार्टी एकता भएपछि जनस्तरसम्म सन्देश जाने गरी आमसभा भएका छैनन्,’ थापाले भने, ‘विभिन्न कारणले पार्टी एकतामा ढिलाइ भएकाले फागुन र चैतमा देशका विभिन्न ठाउँमा जनसभा गर्ने तयारी छ ।’

पार्टी एकढिक्का भएको सन्देश दिन जनपरिचालनसहित आमसभा गर्ने तयारी रहेको थापाले बताए ।