काठमाडौं, १४ पुस । संघीय संसदको नेतृत्वले बारम्बार संसदीय अभ्यास र परम्परा कुल्चिँदै बैठक सञ्चालन गरेको पाइएको छ ।
यो संसदको पहिलो र दोस्रो अधिवेशनमा संसदीय अभ्यासविपरीत बैठक सञ्चालन भएको हो । संसदको अभ्यास र परम्परालाई कानुनसरह मानिन्छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
संघीय संसदका पदाधिकारी र सचिवालयका कर्मचारीको कमजोरीले उपराष्ट्रपति नन्दबहादुर पुनलाई विवादित मात्रै बनाएको छैन, सरकारका मन्त्री नहुँदासमेत बैठक सञ्चालन हुने गरेको छ।
सांसदले नियमापत्ति गर्दा समय नदिएको, गणपूरक संख्यामा प्रश्न उठा नतिजाको जानकारी नदिई निर्णयार्थ प्रस्तुत गरेको, विनियोजन विधेयकमा मन्त्रीले जवाफ दिइरहँदा सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल चलाएको जस्ता थुप्रै त्रुटि भेटिएको छ।
बारम्बार नियमावली निलम्बन गरेर विधेयक पारित गर्ने, बैठकमा कुनै विषयमा निर्णय हुँदा मन्त्री रोस्ट्रममै उभिएको उभियै बस्नेजस्ता गल्ती पनि संसद् नेतृत्वले गर्ने गरेको छ।
‘नियमापत्ति गर्दा अहिले होइन, अलि पछि समय दिन्छु भनिन्छ, कोरमको कुरा उठा गणनाको नतिजा नसुनाई बैठक अघि बढाइन्छ। निकै गाइँगुइँ भएपछि मात्रै कोरमको नतिजा सुनाइन्छ,’ एक पूर्वसांसदले भने, ‘नतिजा सुनाउन हल्लीखल्ली कुर्नु पर्दैन। म त अघि बढेछु भनेर सभामुखले कहाँ सुख पाउँछन्रु’
रोस्ट्रममा रहेका मन्त्रीलाई बसाल्ने कामसमेत नभएको भन्दै उनले आपत्ति जनाए। ‘संसद् बैठकमा कुनै पनि व्यक्ति उभिनुलाई विरोध गरेको मानिन्छ तर मन्त्री रोस्ट्रममा उभिइरहेका हुन्छन्,’ उनले भने, ‘अरूले पक्ष र विपक्षमा मतदान गर्दा मन्त्री सहभागी हुनुपर्दैनरु रोस्ट्रममा उभिएर संसदको प्रक्रिया बहिष्कार गरेको होरु’
हाउस खाली हुँदा पनि बैठक चलाइएको भन्दै अर्का पूर्वसांसदले आपत्ति जनाए। ‘सधैं खाली हुनु ठीक हुँदैन, अझ वरिष्ठ नेता बस्ने अघिल्लो लाइन सधैं खाली हुन्छ,’ उनले भने।
पहिलो र दोस्रो अधिवेशनमा सबैभन्दा कम उपस्थित हुने सूचीमा सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेता छन्। ८२ दिन बैठक बस्दा प्रमुख प्रतिपक्ष कांग्रेसका सभापति शेरबहादुर देउवा २० दिन र नेकपा अध्यक्ष पुष्पकमल दाहाल २२ दिन मात्रै सहभागी भएका थिए।















प्रतिक्रिया