९ कार्तिक २०८३, सोमबार

रविन्द्र मिश्रको पार्टीभित्र ‘गडबडी’

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ पुस । विवेकशील साझा पार्टीमा आन्तरिक विवाद बढेको छ । पार्टी नेतृत्वबाट असन्तुष्ट अधिवक्ता ओम अर्यालले राजीनामा दिएका छन् ।

नेताहरू डा.सरोज धिताल, डा. दिनेश प्रसाई, रेशु अर्यालले पनि यसअघि नै पार्टी छोडिसकेका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

अहिलेकै शैलीमा पार्टीमा रहेर वैकल्पिक राजनीति गर्न नसक्ने उनीहरूको ठहर छ । पार्टी संयोजक रविन्द्र मिश्र, सूर्यराज आचार्य, मुमाराम खनाललगायतले एकलौटी ढंगले पार्टी चलाएको र केन्द्रीय सदस्यहरूलाई भूमिका नदिएको उनीहरूको आरोप छ ।

पार्टीका अर्का संयोजक उज्वल थापा आन्तरिक विवादकै विषयमा जिल्लाका नेता÷कार्यकर्ताहरूसँग छलफल गरेर काठमाडौं फर्केका छन् । उनी पनि चाँडै ठोस निर्णय लिने तयारीमा रहेको स्रोतले जनाएको छ ।

नेतृ तथा स्थानीय निर्वाचनमा काठमाडौं महानगरको मेयरकी उम्मेदवार रन्जु दर्शना पनि नेतृत्वप्रति असन्तुष्ट छिन् ।