१२ कार्तिक २०८३, बिहिबार

कावासोतीमा खुल्यो फोर्ड गाडीको आधिकारिक वितरक शाखा

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-बिजय चालिसे
कावासोती, १० पुस । फोर्ड गाडिको चितवन र नवलपुरको आधिकारिक विक्रेता एस एच मोटर्स प्रालिले कावासोतीमा नयाँ शो रुम खोलेको छ । युवा उद्यमी निर्देश सेढाईले चितवनमा मुख्य शो रुम रहेको मोटर्सको शाखा कावासोतीमा पनि सञ्चालनमा ल्याएका हुन् ।

कावासोतीको कालिगण्डकी चोक नजिकै सञ्चालनमा आएको शो रुमको मंगलबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो ।

गायक रामकृष्ण ढकाल र नवलपुर उद्योग बाणिज्य संघका अध्यक्ष डासुराज पोखरेलले संयुक्त रुपमा शो रुमको उद्घाटन गरे । फोर्ड कम्पनिका ईकोस्पोर्ट, फ्रिस्टायल, फिगो, फिगो एस्पायर, रेञ्जर र ईन्डेभर गाडि कावासोतीको शो रुममा विक्रि गरिने सञ्चालक सेढाईले जानकारी दिए ।