
काठमाडौं, १० पुस । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नारायणगढ शाखाको सेवालाई सुविधासम्पन्न भवनबाट शुरु गरेको छ ।
हाल रहेको भवन भरतपुर–३ बाट स्थानान्तरण गरी करिब एक सय मिटरको दुरीमा रहेको भरतपुर–२ स्थित भवनबाट सेवा शुरु गरेको बैंकले जनाएको छ ।
उक्त शाखाको मंगलबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो ।
बैंकले हाल देशभरका विभिन्न ८० वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।















प्रतिक्रिया