
काठमाडौं, ९ पुस । एनआईसी एशिया बैंकको नयाँ शाखा कार्यालय सुनसरीको इटहरीमा खुलेको छ ।
इटहरी उप–महानगरपालिका वडा नं ५ स्थित पचरुखी शाखाको सोमबार एनआईसी एशिया बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठीले एक कार्यक्रमकाबीच उद्घाटन गरे ।
बैंकका हालसम्म देशभर २ सय ७० शाखाकार्यालयहरु भएका छन् । यस्तै बैंकले २ सय ८७ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।















प्रतिक्रिया