१ कार्तिक २०८३, शनिबार

अमेरिकामा राजीव श्रेष्ठको ग्लाम क्यालेण्डर २०१९ लोकार्पण

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विजय थापा
अमेरिका । अमेरिकाको मेरिल्याण्ड राज्यको जर्मन टाउन शहरमा बस्दै आएका फोटोग्राफर राजीव श्रेष्ठको ग्लाम क्यालेन्डर २०१९ को लोकार्पण भएको छ ।

श्रेष्ठद्वारा मिस नेपाल युएसमा सहभागी भएका प्रतियोगीहरू लगायत अमेरिकाको न्यूयोर्क, टेक्सस तथा डिसी महानगर क्षेत्रमा रहेका मोडलहरूको तस्विर क्यालेन्डरमा समाबेश गरिएको छ ।

प्रमुख अतिथि अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ (ईन्जा)का अध्यक्ष गुणराज लुइँटेल रहेका थिए । लुइँटेल, नमूना महिला रीमा केसी, राजीव श्रेष्ठकी आमा तथा स्वयम् राजीव श्रेष्ठले संयुक्त रुपमा क्यालेण्डरको बिमोचन गरेका थिए ।