३ कार्तिक २०८३, मंगलबार

मुक्तिनाथ विकास बैंकद्वारा जीवन विज्ञान प्रतिष्ठानलाई सहयोग

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ८ पुस । मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत स्वतन्त्र सामाजिक आध्यात्मिक संस्था जीवन विज्ञान प्रतिष्ठानलाई सहयोग गरेको छ ।

नयाँ ध्यान कक्ष निर्माणका लागि बैंकले एक लाख रुपैयाँ सहयोग गरेको हो । बैंकले उपलब्ध गराएको एक लाख रुपैयाँको चेक जीवन विज्ञान प्रतिष्ठानका विवेक गुरागाईले ग्रहण गरे ।

जीवन विज्ञान प्रतिष्ठानले मनुष्यमा अन्तरर्निहित प्रतिभा, सिर्जना, सुख, शान्ति र समृद्धिको मूलमन्त्रलाई अपनाउँदै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।