१ कार्तिक २०८३, आइतबार

गणेशमान सिंह दोस्रो राष्ट्रिय किक बक्सिङमा सेना पहिलो, विजेताहरूलाई नगद पुरस्कार

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ पुस । वीर गणेशमान सिंह स्मृति दोस्रो  राष्ट्रिय खुल्ला किक बक्सिङ प्रतियोगितामा नेपाली सेनाको टिमले पाँच गोल्ड मेडलसहित शीर्ष स्थानमा कब्जा जमाएको छ ।

ललितपुरको चापागाउँको प्याङगाउँमा पुसको ५, ६ र ७ गतेसम्म चलेको प्रतिस्पर्धामा नेपाली सेनाको टिमले आफ्नो दब्दबा कायम राखेको हो ।

विजेता टिम, खेलाडीहरुलाई नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पुरस्कार प्रदान गरेको प्रतियोगिताका संयोजक एवम् राष्ट्रिय खेलकुद परिषदका पूर्वकोषाध्यक्ष मीनकृष्ण महर्जनले जानकारी दिए ।

पुरस्कार वितरण कार्यक्रममा गायक प्रताप दास र हास्यकलाकार दिनेश काफ्लेले आआफ्नो प्रस्तुति दिएका थिए । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद उदयशम्शेर राणाले पनि पुरस्कार प्रदान गरेका थिए ।

सेनाको टिमले ५ गोल्ड, ४ सिल्भर र २ कास्य पदक जितेको छ । पहिलो स्थान ओगटेको सेनाले पचास हजारको नगद पुरस्कार पनि हात पारेको रेफ्रीका संयोजक राजेन्द्र कपालीले जानकारी दिए ।

नेपाल सशस्त्र प्रहरीले तीन गोल्डसहित दोस्रो स्थान हात पारेको छ । सशस्त्र प्रहरीले ३ सिल्भर र १ कास्य पदक जितेको छ । सशस्त्र प्रहरीले दोस्रो हुँदै २५ हजार नगद पुरस्कार पाएको छ ।

तेस्रो स्थान हासिल गरेको सोक्योकुसिन करालते कोसीले एक गोल्ड र एक कास्य पदक जितेको छ । तेस्रो भएको यो टिमले १२ हजार ५ सय नगद पुरस्कार पाएको छ ।

उदयिमान खेलाडीको उपाधि सशस्त्र प्रहरीका सञ्जीव महर्जनले पाएका छन् । उनले १५ हजार नगदसहितको पुरस्कार पाएका छन् । उत्कृष्ट महिला खेलाडीमा लुमन्ती श्रेष्ठले १५ हजार नदग र पुरस्कार पाएकी छिन् ।

प्रतियोगितामा प्रथम हुने खेलाडीले २० हजार नगद र मेडल पाएका छन् । द्धितीयलाई दश हजार नगद र मेडल प्रदान गरिएको छ । तृतीय हुने दुई दुईजना खेलाडीले पाँच पाँच हजार नगद पुरस्कार र मेडल पाएका छन् । उत्कृष्ट हुने पुरुष र महिला खेलाडीलाई १५-१५ हजार नगद पाएका छन् । अनुशासित टिमको उपाधि चोगथली बक्सिङ संघले पाएको छ ।

प्रतियोगितामा देशभरिकाबाट तीन विभागीय टिमसहित २३ क्लवहरुले भाग लिएका थिए । प्रतियोगितामा सबैभन्दा धेरै खेलाडी नेपाली सेना र सशस्त्र प्रहरीले उतारेका थिए । यो प्रतियोगितामा सर्वाधिक धनराशिको नगद पुरस्कार राखिएको थियो । नेपालमा पहिलो पटक राष्ट्रियस्तरको खुला किक बक्सिङ प्रतियोगितामा यति धेरै धनराशिको पुरस्कार वितरण गरिएको हो ।

क-कसले पाए पुरस्कार ?

१. पुरुष ५० केजी

क. सञ्जय राई प्रथम
ख. यम थुलुङ राई दोस्रो
ग. टीकाराज रोका तेस्रो
घ. प्रसान्त लामा

२. ५५ केजी पुरुष

क. सुमन नेपाली प्रथम
ख. महेश भुजेल दोस्रो
ग. मनोज सुनुवार तेस्रो
घ. जुनिश राई तेस्रो

३. ६० केजी पुरुष

क. योमसत तामाङ प्रथम
ख. राजेश चौधरी दोस्रो
ग. राजनकुमार पाइजा तेस्रो
घ. प्रकाशकुमार विष्ट तेस्रो

४. ६५ केजी पुरुष

क. पदम राई प्रथम
ख. सञ्जीव महर्जन दोस्रो
ग. मुकेश पण्डित तेस्रो
घ. मिलन तामाङ तेस्रो

५. ७० केजी पुरुष

क. प्रदीप तामाङ प्रथम
ख. वीरेन्द्र सिंह दोस्रो
ग. श्रीराज सिलवाल तेस्रो
घ. प्रवीन मिही तेस्रो

६. खुला पुरुष

क. चित्रसिंह ठकुर प्रथम
ख. करण सिंह साउद दोस्रो
ग. अलिस साउद तेस्रो
घ. दीपेश सूर्यवंशी तेस्रो

७. ५० केजी महिला

क. एलिसा चौधरी तेस्रो
ख. एलिसा नगरकोटी दोस्रो
ग. रजिना विष्ट तेस्रो
घ. कोपिला लिम्बु तेस्रो

८. ५५ केजी महिला

क. एलिसा श्रेष्ठ प्रथम
ख. समिता राई दोस्रो
ग. रोष्मा राई तेस्रो
घ. राधा मानन्धर तेस्रो

९. ६० केजी महिला

क. लुमन्ती श्रेष्ठ प्रथम
ख. श्रीरानी श्रेष्ठ दोस्रो
ग. पूजा गुप्ता तेस्रो
घ. कल्पना घर्ती तेस्रो

१०. खुल्ला महिला

क. विन्दु पुन मगर प्रथम
ख. मञ्जु बिक दोस्रो
ग. पुनम तामाङ तेस्रो
घ. तेन्दिशा सिजापती