३ कार्तिक २०८३, मंगलबार

सेयर लगानीकर्ताको अनसन तोडियो

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ पुस । सेयर लगानीकर्ताको दबाब समूहले गरेको आमरण अनसन माग पूरा नहुँदै तोडेको छ। यो समूहले रिले अनसन थालेको ११औं दिन र आमरण अनसन थालेको चौथो दिन तोडेको हो।

११ दिन अघिदेखि रिले अनसन सुरु गरेको समूहलाई अर्थमन्त्रालयले वार्तामा बोलाएको थियो। दुई वटा वार्तामा बसेपछि यो समूहले आफूहरुमाथि धोका भएको भन्दै सोमबारदेखि आमरण अनसन थालेको थियो।

आमरण अनसनमा दबाब समूहका संयोजक हरि ढकाल र तिलक कोइराला सहभागी थिए। उनीहरुले आमरण अनसन थालेको चौथो दिन बिहीबार एकअर्कालाई पानी खुवाएर तोडेका हुन्।

यसअघि बुधबार अर्थमन्त्रीबाट गठित उच्चस्तरीय अध्ययन कार्यदलले आफ्नो प्रतिवेदन अर्थमन्त्रीलाई बुझाएको थियो। प्रतिवेदनमा दबाब समूहले उठाउँदै आएकोे अधिकांश माग सम्बोधन भएका छन्।