१ कार्तिक २०८३, आइतबार

आर्सनलको लज्जास्पद हार, सेमिफाइनल पुग्यो टोटनह्याम

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ५ पुस । आर्सनललाई हराउँदै टोटनह्याम इएफएल अर्थात काराबाओ कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

अवे मैदानमा बुधबार राति भएको खेलमा माउरिसियो पोकेटिनोको टिम टोटनह्यामले आर्सनललाई २–० ले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो । आर्सनललाई उसकै मैदानमा हराउने क्रममा टोटटनह्यामलाई सन हेङ्ग–मिन र डेल अलीले गोल गरे ।

२० औँ मिनेटमा सनको गोलबाट टोटनह्यामले पहिलो हाफमा १–० को अग्रता लियो । ५९ औँ मिनेटमा अलीले गोल गर्दै अग्रता दोब्बर पारे । आर्सनलले त्यसपछि पनि गोल फर्काउन नसकेपछि टोटनह्याम २–० ले विजयी भयो ।

अलीले गोल गरेको केही समयपछि उनलाई भिडबाट बोटलले हानिएको थियो । बोटलले अलीको टाउकोमा लागेको थियो ।

२२ वर्षका अलीलाई खेलको ७३ औँ मिनेटमा प्लाष्टिकको बोटल प्रहार भएको हो । टोटनह्याम सन् २०१४–१५ को सिजनपछि पहिलोपटक लिग कपको अन्तिम चारमा पुगेको हो । एजेन्सी