
काठमाडौं, ४ पुष । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो २१ औं वार्षिक सधारण सभा सम्पन्न गरेको छ । बुधबार सानेपा स्थित हेरीटेज गार्डेनमा एक कार्यक्रमकाबीच सम्पन्न भएको बैंकले जनाएको छ ।
उक्त साधारण सभाले आ. व. २०७४/०७५ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गरेको छ । यस्तै सो सभाले लेखापरिक्षण प्रतिवेदनसहित २०७५ आषाढको वासलात र आ.व. २०७४/७५ को नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतकावार्षिक वित्तिय विवरणहरु स्वीकृत गरेको छ ।
यस्तै साधारण सभाले बैंकको सहायक कम्पनी एनआईसी एशिया लघुवित्त वित्तिय संस्था लि. र एनआईसी एशिया क्यापिटल लि. सहित आ.व. २०७४÷७५ को एकिकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ ।
सभाले चालु आ.व. २०७५/७६ टि. आर. उपाध्याय एण्ड कम्पनीलाई बाह्य लेखा परिक्षकमा नियुक्त गरेको छ ।
सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम १० प्रतिशत का दरले ८० करोड ३१ लाख ११ हजार ७ सय रुपैयाँ बोनस शेयर वितरण गर्न र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगदलाभांस वितरण गर्ने निर्णय गरेको छ ।
बैंकका हालसम्म देशभर २ सय ७० शाखाकार्यालयहरु, २ सय ८७ एटिएम र ३७ वटा एक्सटेन्सन काउण्टरहरु रहेका छन् । यस्तै बैंकले २० वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत पनि बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।















प्रतिक्रिया