
काठमाडौं, ४ पुस । बुधबार सुन तोलामा ६ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार बजारमा छापावाला सुन तोलामा ६ सय रुपैयाँले घटेर ५८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला ५८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै चाँदी प्रतितोला पाँच रुपैयाँले घटेर ७ सय २५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।















प्रतिक्रिया