
काठमाडौं, २ पुष । एनएमबी बैंकले ७ प्रकारका प्रोडक्टमा धितो विना नै ऋण दिने भएको छ । बैंकले एक कार्यक्रमकाबीच सरकारले कार्यान्वयनमा ल्याएको ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि’ अनुरुप यस्तो निर्णय गरेको हो ।
यसअघि लघु तथा विपन्न वर्ग कर्जा ‘एनएमबी सहुलियतपूर्ण कर्जा’ ल्याएको बैंकले अब विभिन्न सात क्षेत्रमा कर्जा विना नै ऋण दिने व्यवस्था लागू गर्न लागेको हो ।
यस्तो कर्जामा एनएमबी ब्यवसायिक कृषि तथा पशुपन्छी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, एनएमबी दलित समुदाय ब्यवसाय विकास कर्जा, बैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा, उच्च र प्राविधिक तथा ब्यवसायिक शिक्षा कर्जा, भूकम्प पीडितहरुको निजी आवाश निर्माण कर्जा र महिला उद्यमशीलता कर्जा छन् ।
बिना धितो ऋण दिइने कर्जा रकममा ब्यवसायिक कृषि तथा पशुपन्छी कर्जामा १० लाख रुपैयाँ, शिक्षित युवा स्वरोजगार कर्जामा ७ लाख, बैदेशिक रोजगारीबाट फर्केका युवा परियोजनामा कर्जामा १० लाख, दलित समुदाय ब्यवसाय विकास कर्जामा १० लाख र उच्च र प्राविधिक तथा ब्यवसायिक शिक्षा कर्जामा ५ लाख रुपैयाँसम्म विनाधितो ऋण दिइने बैंकले जनाएको छ ।















प्रतिक्रिया