३ कार्तिक २०८३, मंगलबार

मुक्तिनाथ विकास बैंकको १२ औँ साधारण सभाले गर्‍यो यस्ता निर्णय

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ पुस । मुक्तिनाथ विकास बैंक लिमिटेडले पोखरामा आफ्नो १२ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष. २०७५/०७६ को लागि लेखापरीक्षको नियुक्ति लगायतका निर्णय गरेको छ ।

यस्तै आर्थिक वर्ष ०७४/०७५ को मुनाफाबाट सेयर धनीहरुलाई (०.९६ प्रतिशत वोनस सेयरको कर प्रयोजनार्थ नगद लाभांश  र १८.२५ वोनस सेयर सहित) १९.२१ प्रतिशत लाभांश वितरण गर्ने र वोनस सेयर वितरण पश्चात कायम हुने चुक्तापूँजीको २० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने विषेश प्रस्ताव पारित गरेको छ ।

बैंकका सञ्चालक समितिका अध्यक्ष खिमप्रकाश मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको विगत तथा वर्तमान अवस्था र बैंकको भावी रणनीतिका बारेमा जानकारी गराएका थिए ।

साधारण सभामा अध्यक्षले सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनउपर सेयरधनिहरुबाट विभिन्न सल्लाह सुझाव र जिज्ञासाहरु आएका थिए । सेयरधनिहरुबाट आएका जिज्ञासाको सम्बन्धमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले प्रस्ट पारेका सूचना अधिकृत तिलबहादुर गुरुङले जानकारी दिए ।