३ कार्तिक २०८३, मंगलबार

पोखरेलले पाए सिटिजन बैंकको प्रमुख कार्यकारीको जिम्मेवारी

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ पुस । सिटिजन बैंकले गणेशराज पोखरेललाई कायममुकाम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ ।

मंसिर २८ गते बसेको बैंकको संचालक समितिको २८३औं बैठकले प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीलाई विदाइ गर्दै पोखरेललाई जिम्मेवारी दिएको हो ।

भण्डारीको कार्यकाल पुस १६ गते समाप्त हुँदै छ । भण्डारी पुस १ गतेबाट विदामा बसेका छन ।

सन्चालक समितिले अर्को व्यवस्था नभएसम्मका लागि बैंकमा कार्यरत नायव प्रमुख कार्यकारी अधिकृत पोखरेललाई पुस १ गतेबाट लागू हुने गरी बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा मुकरर गरिएको विज्ञप्तिमा उल्लेख छ ।

‘सेवा निवृत हुनु हुने प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीको विगतको लामो समयको वैङ्किङ्ग अनुभव र कार्यदक्षतालाई वैंकले सदुपयोग गर्ने गरी पुस १७ गतेबाट लागू हुने गरी बैंकको संचालक समितिको प्रमुख सल्लाहकारमा नियुक्त गरिएको व्यहोरा समेत जानकारी गराईन्छ’, विज्ञप्तिमा भनिएको छ ।