५ कार्तिक २०८३, बिहिबार

क्यालिफोर्नियामा ‘चि मुसि चि’ले पायो उत्साहजनक दर्शक

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विजय थापा

अमेरिका । अमेरिकाको क्यालिफोर्नियामा नेपाली चलचित्र ‘चि मुसि चि’को प्रदर्शनमा उत्साहजनक दर्शक आएका छन् । नेपाली चलचित्रलाई माया गर्नु हुने तथा नेपाली चलचित्र प्रेमीहरुले सुरुवातमै राम्रो हौशला दिएका छन् ।

राम्रो प्रचार प्रसार गरेको कारण दर्शकले राम्रो साथ दिएका छन् । अमेरिकामा कामको दिन मंगलबार प्रदर्शन गर्दा पनि करिव ३ सय भन्दा ज्यादा दर्शकहरु आएका थिए । एकै प्रदर्शनबाट बे एरियाबाट राम्रो रकम संकलन गर्न सफल भएको छ ।

यसको साथै उक्त क्षेत्रमा बसोबास गर्ने दर्शकबाट राम्रो प्रतिकृया प्राप्त गरे पछि आयोजक द्वय अनिल पाण्डे र प्रिन्स युबराज कार्कीले खुशी व्यक्त गर्दै हामीलाई हौशला भएको बताएका छन् ।

लामो समय देखि उक्त क्षेत्रमा बसोबास गर्दै आएका तथा समाज सेवामा निकै राम्रो काम गर्दै आएको मदरल्याण्ड नेपाल डट ओर्ग समेत का संचालक पाण्डेले दर्शकलाई धन्यवाद दिएका छन् ।

साथै पाण्डेले उक्त चलचित्र बाट उठेको केही रकम बाट सन्नीभेल शहर स्थित संचालनमा रहेको नेपाली भाषा कक्षाको लागि पनि सहयोग गर्ने रहेको बताए । साथै अमेरिकाका विभिन्न शहरमा प्रदर्शन हुने बताउदै एक पटक यो चलचित्र छुटाउन नहुने बताए ।

गत मंगलबार डिसेम्बर ११ का दिन अल्बानीको ल्यान्डमार्क थेटरमा सम्पन्न भएको थियो। यस चलचित्रका निर्माताहरु अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुवास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेका छन् भने कार्यकारी निर्मातामा शिवराज कार्की हुन् ।

दिनेश श्रेष्ठ द्वारा निर्देशित चलचित्रमा सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइबा लगायतका कलाकारहरूको अभिनय रहेको छ । साथै चलचित्रमा सुनिल क्षेत्री र विक्रम स्वाँरको नृत्य निर्देशन रहको छ । गत श्रावण ११ देखि नेपाल अधिराज्यका भर प्रदर्शन भएको थियो