३१ आश्विन २०८३, शनिबार

कङ्गोमा विपक्षीको र्‍याली हिंसात्मक, दुईको मृत्यु

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कङ्गो, २६ मङ्सिर । लोकतान्त्रिक गणतन्त्र कङ्गोमा विपक्षीले निकालेको र्‍यालीमा भएको झडपमा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ । बुधबारको र्‍यालीमा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको र अरू कैयौँ घाइते भएको पनि अधिकारीहरूले जानकारी दिएका छन् ।

आसन्न राष्ट्रपतीय निर्वाचनको पूर्वसन्ध्यामा निकालिएको ¥यालीमा सहभागीहरूले वर्तमान सरकारको विपक्षमा प्रदर्शन गरेकाले प्रहरीले हस्तक्षेप गरेको बताइएको छ ।

विपक्षीको तर्फबाट राष्ट्रपति पदमा उम्मेदवार रहनु भएका मार्टिन फयुलासमेत सहभागी भई कालेमाइमा निकालिएको ¥यालीमा प्रहरीले हस्तक्षेप गरेको हो ।

लोकतान्त्रिक गणतन्त्र कङ्गोमा आउँदो डिसेम्बर २३ तारिखका दिन निर्वाचन हुने तय भएकाले चुनावी प्रचारप्रसार तीव्र भएसँगै कतिपय हिंसात्मक घटना पनि भएका छन् । –एजेन्सी