५ कार्तिक २०८३, बिहिबार

डिभोर्सी यी अभित्रेनीले पुरानो पतिको थर हटाइन्

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । पतिलाई छाडेर बसेकी बलिउडकी अभिनेत्री मलाइका अरोराको फेरि चर्चा शुरु भएकोछ ।

मलाइकाको हालै एक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । जुन भिडियोमा उनी निकै कठिन वर्कआउट गरेको देखिएकी थिइन् ।

वर्कआउट भिडियोमा उनी आफ्नो बडिको ब्यालेन्स गरेको अवस्थामा समेत देखिएकी थिइन् । भिडियोमा उनले फिटनेशका लागि निक्कै पसिना समेत बगाएको देख्न सकिन्थ्यो ।

मलाईका रिलेसनसिपका कारणले पनि चर्चामा रहने गरेकी छन् । उनी छिट्टै प्रेमी अर्जुन कपूरसँग पनि विवाह गर्न सक्दछिन् । तर मलाइका र अर्जुनले आफ्नो रिलेशनसिपको विषयमा बाहिर खुलासा गरेका छैनन् ।

मलाइकाले हालै आफ्नो इस्टाग्राम प्रोफाइल अपडेट गरेकी छन् । अपडेटमा उनले आफ्नो नाम सिर्फ मलाइका अरोडा राखेकी छन् । उनको यो प्रोफाइल अपडेटबाट उनको रिलेसनसिपको मुद्दा झनै गरम भएको अनुमान गर्न सकिन्छ । एजेन्सी