१ कार्तिक २०८३, शनिबार

अमेरिकामा नेपाली मूलका ठकुरीले पाए तेश्रो गिनिज वर्ल्ड रेकर्डको उपाधि

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विजय थापा

अमेरिका । डिसी महानगर क्षेत्रका कराते खेलाडी उज्ज्वल ठकुरीलाई तेश्रो गिनिज वर्ल्ड रेकर्ड प्राप्त भएको छ । उनले भारतको कीर्तिमान तोड्दै २ सय २६ घुँडा प्रहार गरी ठकुरीलाई उक्त बिश्व कीर्तिमान पदक प्राप्त भएको हो । यस सहित ठकुरीलाई तेश्रो गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका छन् ।

काठमाडौंमा जन्मेका उज्ज्वल ठकुरी आमा जयन्ति शर्मा पौडेल तथा बाबु राजेन्द्र ठकुरीका जेठा सुपुत्र हुन् । तेश्रो पटक गिनिज वर्ल्ड रेकर्ड बिजेता ठकुरीले भर्खर मात्र ६ डान उपाधि प्राप्त गरी अमेरिकन मरिन गोजु कराते बाट सम्मानित भएका थिए ।

तेश्रो कीर्तिमानसंगै उनले ह्याट्रिक राख्न सफल भएका छन् । उनले योभन्दा पहिला दुई विधामा खुट्टा फारेर अधिक भार उठाई गिनिज वर्ल्ड रेकर्ड राखेका थिए ।

फांग गर्ने यस्तो विधा हो जुन कराते, उसु र तेक्वान्दो ले प्रत्येक दिन कसरत गर्नै पर्छ । उक्त विधामा २ पटक पटक बिश्व किर्तिमान राखेका थिए । यो तेस्रो विधामा पनि ठकुरीले नेपाल र नेपालीको लागि अलग पहिचान बनाएका छन् । यो विधामा बिश्वका ठूला राष्ट्रहरू बेलायत, चीन, रुस, अमेरिका लगायत देशले पनि कीर्तिमान राख्न न सकेकोमा ठकुरी गर्व गर्दछन् ।