नयाँदिल्ली, २५ मंसिर । भारतको केन्द्रीय बैंकका प्रमुखले सोमबार राजीनामाको घोषणा गरेका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदी र उनको प्रशासनसँगको पटक–पटकको सार्वजनिक विवादकै कारण उनले राजीनामा दिएको बताइएको छ ।
राजीनामा दिएपछि रिजर्भ बैंक अफ इन्डीयाका गभर्नर उर्जित पटेलले भने आफ्नो व्यक्तिगत कारणले जिम्मेवारी बहन गर्न नसकेकाले राजीनामा दिनुपरेको बताएका छन् ।
सरकारले गरेका कतिपय दबाबलाई थेग्न र सहमत हुन नसकेर उनले राजीनामा दिएको स्रोतले जनाएका छन् ।
केन्द्रीय बैंकको नीतिमा सरकारका तर्फबाट पटकपटक दबाब आएको समाचार यसअघि सार्वजनिक हुँदै आएका थिए ।
भारतमा कतिपय विज्ञहरूले उनलाई कुशल गभर्नरका रूपमा लिने गरेका छन् । उनको राजीनामासँगै भारतमा नयाँ आशङ्का र चिन्ता पनि छाएको छ ।
तर सरकार भने केन्द्रीय बैंकबाट सन्तुष्ट नभएको देखिएको थियो । विषेश गरेर व्याजदर, भारतीय मुद्राको मूल्यलगायतका विषयमा भारतमा अहिले विवाद चर्किदै गएको छ ।















प्रतिक्रिया