५ कार्तिक २०८३, बिहिबार

अनौठो प्रेम कथामा बन्यो ‘प्रेमनाथ’, सक्किदै सम्पादन

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अनौठो प्रेमकथामा आधारित फिल्म ‘प्रेमनाथ’को सम्पादनको काम अन्तिम चरणमा पुगेको छ । गणेश बेलबासेद्वारा निर्देशन गरिएको ‘प्रेमनाथ’को डबिङका लागि तयारी शुरु भएको छ ।

‘प्रेमनाथ’लाई अनन्त घिमिरेले सम्पादन गरेका हुन् । सम्पादन सकिने वित्तिकै डबिङको काम हुनेछ । निर्देशक बेल्वासेले भने, ‘सम्पादनको काम अन्तिम चरणमा छ । त्यो सकिनेवित्तिकै डबिङमा जाने छौँ ।’ बेल्वासेले ‘प्रेमनाथ’को अहिलेसम्मको कार्यबाट आफू सन्तुष्ट बनेको प्रतिक्रिया दिएका छन् ।

‘प्रेमनाथ’मा सुरवीर पण्डित, गजित बिष्ट, नवीन श्रेष्ठ, कमल गाउँले, गणेश बेल्वासे, मियुम जिरेल, शेखरजंग मल्ल, सम्झना भेटवाल, पूजा रिजाल, सिर्जना राईलगायतको अभिनय छ । चलचित्रमा राज थापाले मुख्य भूमिका छ । कृति गौतम र मोनालिशा विष्टले ‘प्रेमनाथ’बाट डेब्यू गरेका छन् ।

यसअभि ‘उहिले बाजेको पालामा’ फिल्म निर्माण गरेको बेल्वासेले ‘प्रेमनाथ’लाई आफ्नो ड्रिम प्रोजेक्टका रुपमा लिएको बताएका छन् । ‘पहिलो फिल्मबाट धक्का लागेको थियो’, उनले भने, ‘यस पटक सबै गल्तीलाई दोहोर्‍याएको छैन ।’

काठमाडौं, लुम्बिनी, रोल्पा, लखनउ, दाङ लगायतका स्थानमा ‘प्रेमनाथ’को छायाँकन गरिएको छ । फिल्ममा हेलिकप्टरको प्रयोग गरिएको छ । फिल्म निर्माणमा गीत र द्वन्द्वलाई विशेष रुपमा छायाँकन गरिएको निर्देशक बेल्वासेले बताए ।

‘प्रेमनाथ’लाई काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्नेछ । काठमाडौं उपत्यकामा गोपाल कायस्थले वितरण गर्नेछन् । भारतमा वितरणको जिम्मा बर्चस्व इन्फ्राटेक प्रालिका उमेश सिंहले लिएका छन् ।

चलचित्रको कार्यकारी निर्माता कपिलप्रसाद दवा हुन् । फिल्मको मुख्य निर्माता गुहेश्वरी बेलबासे हुन् । सह–निर्माता बसन्तराज भट्ट र मिलन राई छन् ।

‘प्रेमनाथ’का द्वन्द्व निर्देशक भरत क्षेत्री हुन् । क्षेत्रीले फिल्ममा द्वन्द्वमा नयाँ प्रयोग गरेका छन् । फिल्मका संगीतकारमा सन्तोष श्रेष्ठ, भुपु पाण्डे र एसडी योगी छन् ।

नृत्य निर्देशन रजिन पाठक हुन् । गीतमा राजेश पायल राई, भुपु पाण्डे, बेनुका राई, सूची पन्थी, अञ्जली पटेल, रेयापे दाजु र चित्रवीर जिसीको स्वर छ ।

‘प्रेमनाथ’को छायांकन सुमिन कार्की, सुरज पाण्डे र सञ्जय सहानीको रहेको छ ।