काठमाडौं । युवा निर्देशक देवेन्द्र पाण्डेको निर्देशनमा बनेको फिल्म ‘भिलेन’ रिलिजको तयारीमा छन् । ‘भिलेन’ पुस २७ गते देशभरि रिलिज हुनेछ । ‘भिलेन’लाई कपिल खत्रीले बनाएका हुन् । नेपाली सेनाको डकुमेन्ट्री बनाएपछि उत्कृष्ट निर्देशकको पुरस्कार पाएका पाण्डेले ‘भिलेन’मा मल्टिस्टारहरू राखेर फिल्म बनाएका हुन् ।
फिल्ममा चर्चित अभिनेता निखिल उप्रेतीको विशेष भूमिका छ । शिल्पा पोखरेलले पनि ‘भिलेन’मा अभिनय गरेकी छिन् ।
हाल अमेरिकामा बस्दै आएकी निशा अधिकारीको समेत भूमिका रहेको ‘भिलेन’मा कपिल खत्रीले पनि अभिनय गरेका छन् । निर्देशक पाण्डेले फिल्मको एउटा गीत रिलिज गरिएको जानकारी दिए ।
उनले भने, ‘एउटा गीत रिलिज भएको छ । फिल्मको ट्रेलर १–२ दिनमा रिलिज हुन्छ ।’ गाउँ र पहाडको मायापिरतीलाई फिल्मा उतारिएको छ ।
‘भिलेन’ एक्सनले भरिएको फिल्म भन्न रुचाउँछन् निर्देशक पाण्डे । २–३ सय म्युजिक भिडियो र एक दर्जनभन्दा धेरै डकुमेन्ट्री निर्देशन गरेका निर्देशक पाण्डेले ‘भिलेन’ले राम्रो व्यापार गर्ने बताए ।
निर्देशक पाण्डेले ‘भिलेन’बाट धेरै अपेक्षा राखेको भन्दै व्यावसायिक रुपमा पनि सफल हुने बताए ।















प्रतिक्रिया