५ कार्तिक २०८३, बिहिबार

प्रियंकाले प्रेमीलाई बिहे गर्न ट्रयापमा पारेको खुलासा

4.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुमबई । अमेरिकाको एक वेब साइटले बलिउड अभिनेत्री प्रियंका चोपडालाई ठग कलाकारको आरोप लगाएको छ । प्रियंकालाई वेब साइटले स्काम आर्टिस्टभन्दै लेख छापेको छ ।

सामाजिक सञ्जालमा भारतीयहरू अभिनेत्री प्रियंका चोपडाको पक्षमा उभिएका छन् । अमेरिकी वेब साइट द कटमा प्रकाशित भएको प्रियंका सम्बन्धी लेख अहिले हटाइएको छ ।

द कटको लेखमा प्रियंकाले अमेरिकी संगीतकर्मी तथा अभिनेता निक जोनलाई विवाह गर्नका लागि बाध्य अर्थात ट्रयापमा पारेको आरोप लगाइएको छ ।

प्रियंकाले आफ्नो हलिउड करिअरलाई थप गति दिनका लागि निकलाई विवाहका लागि दबाब दिएको आरोपसहितको लेख छापिएको थियो ।

पहिले प्रियंका–निकको विवाहमा त्यति चासो नदिएकाहरू पनि अहिले प्रियंकाको बचाउमा उत्रिएका छन् । धेरैले द कटमा प्रकाशित भएको लेख रंगभेदी रहेको बताएका छन् । एजेन्सी