शुक्रबार, २१ मंसिर २०७५
DainikNepal.com
शुक्रबार, २१ मंसिर २०७५

पूर्वमन्त्री तथा कालिका कन्स्ट्रक्सनका मालिक विक्रम पाण्डेविरुद्ध भ्रष्टाचारको मुद्दा

दैनिक नेपाल २०७५ मंसिर २१ गते १६:४८

काठमाडौं, २१ मंसिर । पूर्ववनमन्त्री तथा कालिका कन्स्ट्रक्सनका प्रमुख विक्रम पाण्डे विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाण्डेसहित २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा हालेको हो । पाण्डेको कालिका कन्स्ट्रक्सनले सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम भएको ठहर गर्दै अख्तियारले मुद्दा दायर गरेको जनाएको छ ।

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम गरेको, मूल नहर भत्किएको, डिजाइनमा नै त्रुटि देखिएको अक्तियारको ठहर छ । उनीहरुमाथि अक्तियारले साढे ८ अर्ब बिगो दाबी गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित