शुक्रबार, २१ मंसिर २०७५
DainikNepal.com
शुक्रबार, २१ मंसिर २०७५

नेकपाको सचिवालय बैठक भोलि दिउँसोसम्मका लागि स्थगित

दैनिक नेपाल २०७५ मंसिर २१ गते १५:५६


काठमाडौँ, २१ मंसिर । नेपाल कम्युनष्टि पार्टी (नेकपा)को सचिवालय बैठक भोलिसम्मका लागि स्थगित भएको छ । आज दिउँसो ४ बजेका लागि बोलाइएको बैठक भोली दिउँसो ३ बजे बस्नेगरि स्थगित भएको हो । शीर्ष नेताहरुको व्यवस्तता र तयारी नपुगेकाले बैठक स्थगित भएको एक सचिवालय सदस्यले बताए ।

बैठकमा पार्टीभित्रका असन्तुष्टि र सरकारको कामको विषयमा समिक्षा गर्ने भनिएको थियो । एकीकरण प्रक्रिया विस्तार हुन नसकेको, पोलिट्ब्युरो गठन, केन्द्रीय सदस्यको कार्य्विभाजन, स्थायी कमिटीको बैठक आह्वानप्रति पार्टी नेतृत्व उदासीन भएको नेताहरु रुष्ट छन् ।

पोलिटब्युरो गठन र केन्द्रीय समिति बैठकको माग गर्दै केही समय पहिले नेकपाका २२ केन्द्रीय सदस्यहरुले ज्ञापनत्रप बुझाएका थिए । त्यसपछि उनीहरुले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, सचिवालय सदस्यहरु झलनाथ खनाल, मावदेव गौतम र महासचिव विष्णु पौडेल लगायतका नेताहरुसँग भेटघाट र छलफल गरेका थिए ।

तत्कालीन एमाले र माओवादीबीच गएको जेठ ३ गते एकता भएको थियो । एकताले अझै पूर्णता पाउन सकेको छैन । गएको १२ गते बसेको बैठकले प्रदेश कमिटीको एकता टुङ्ग्याएको थियो ।

प्रतिक्रिया
सम्बन्धित