३१ आश्विन २०८३, शनिबार

म्यान्मारको जेलमा रहेका बङ्गलादेशका सत्र नागरिक मुक्त

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

याङ्गुन, २१ मङ्सिर । म्यान्मारले यहाँको जेलमा रहेका १७ जना बङ्गलादेशका नागरिकलाई मुक्त गरिएको जनाएको छ । आफ्नो जेलमा रहेका र सजाय पूरा गरेका ती बङ्गलादेशीलाई जेल मुक्त गरिएको म्यानमारका अधिकारीलाई उद्धृत गर्दै म्यानमारको अखबार ‘ग्लोबल न्युज लाइट अफ म्यान्मार’ले शु्क्रबार जनाएको छ ।

म्यान्मारको जेलबाट मुक्त भएका तीन १७ बङ्गलादेशी नागरिकलाई रखाइन राज्यको माउङ्गतावका अधिकारीहरूले बङ्गलदेशको सीमा सुरक्षा गार्डलाई बुधबार जिम्मा लगाएको जनाइएको छ ।

बङ्गलादेशको सीमा सुरक्षागार्डले उनीहरूलाई पानी जहाजबाट आफ्नो देश लैजाने तयारी गरिरहेको जानकारी दिएका बताइएको छ ।

जेलमा रहेका १७ मध्ये १४ जनालाई म्यान्मारमा अवैध रूपमा प्रवेश गरेर बिना काम बसिरहेको आरोप लगाइएको थियो । त्यसैगरी अरू तीन जनालाई भने म्यानमारमा विभिन्न अपराधमा संलग्न रहेको आरोप लगाइएको थियो ।

उनीहरूलाई दिइएको जेल सजाय पूरा भएपछि जेलबाट मुक्त गरिएको म्यानमारका अधिकारीले जानकारी दिएका छन् । –एजेन्सी