शुक्रबार, २१ मंसिर २०७५
DainikNepal.com
शुक्रबार, २१ मंसिर २०७५

ओली गणतन्त्र नेपालका अन्तिम प्रधानमन्त्री !

दैनिक नेपाल २०७५ मंसिर २१ गते १५:२१

काठमाडौं, २१ मंसिर । शाही युवा शक्ति, नेपालका अध्यक्ष पशुपति खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गणतन्त्र नेपालका अन्तिम प्रधानमन्त्रीको संज्ञा दिएका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा संगठनले आगामी पुस १ गते काठमाडौंमा गर्न लागिएको विशाल मोटरसाईकल र्‍यालीको बारेमा जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष खड्काले वर्तमान सरकारका प्रधानमन्त्री सक्रिय राजतन्त्रभन्दा सयौं गुणा निरंकुश बनेको आरोप लगाए ।

‘वर्तमान शासन सत्ता जनताको भावनाविपरित चलेको छ, गणतन्त्रभन्दा सक्रिय राजतन्त्र एकदमै जनपक्षीय थियो, केही निश्चित् नेताहरुको स्वार्थमा जनताहरु रनभुल्लमा परेर हिजोको दिनमा गल्ति गरेका हुन, अब चेतिसकेका छन्’, खड्काले भने, ‘गणतन्त्रभन्दा सक्रिय राजतन्त्र जनपक्षीय हुन्छ, सरकारले राष्ट्र, राष्ट्रियता र धर्मलाई डलरमा बिक्रि गरेको छ, नेपाली जनताहरुले आफ्नो धर्म, राष्ट्र र राष्ट्रियताका बारेमा गम्भिर बन्नुपर्ने स्थिति आएको छ, यो बेलामा पनि जनताहरु जाग्न सकेनन् भने देश अब रहिरहन सक्दैन ।’

वर्तमान सरकार र सरकारका मन्त्रीहरुका क्रियाकलापहरुलाई जनताले अस्विकार गरेको दाबी गर्दै अध्यक्ष खड्काले भन ‘देशमा राजतन्त्र चाहिन्छ, अहिलेका नेताहरुभन्दा राजा कयौं गुणा ठीक रहेछन्, भन्ने जनताले महशुस गरिसकेका छन्, पार्टीको झण्डा बोकेर देश बच्दैन ।’

पहिलो पटक १९१० मा जंगबहादुर राणा र दोस्रोपटक २०२० सालमा राजा महेन्द्र शाहको पालामा बनेको मुलुकी ऐनको सम्झनामा शाही युवा शक्ति नेपालले आउँदो पुस १ गते विशाल मोटरसाईकल र्‍यालीको आयोजना गरेको अध्यक्ष खड्काले जानकारी दिए ।

कार्यक्रममा शाही युवा शक्ति नेपालका प्रवक्ता गोविन्द ढुङ्गाना, उपाध्यक्ष मञ्जु थापा, सचिव राम बस्नेत, केन्द्रीय सदस्यहरु सन्देश साह, साङ्गे लामा, ईश्वर ढुङ्गाना, काठमाडौं जिल्ला अध्यक्ष भोला प्रसाद पौडेललगायतले वर्तमान सरकार र गणतन्त्रको विरोध गर्दै राजतन्त्रको आवश्कता औंल्याएका थिए ।

प्रतिक्रिया
सम्बन्धित