मंगलबार, ३ असार २०७६
DainikNepal.com
मंगलबार, ३ असार २०७६

श्रीमतीलाई माइत पठाएको झोँकमा बुवा र ठूलोबुवाको हत्या

दैनिक नेपाल २०७५ मंसिर २१ गते १५:०४

-सांकेतिक तस्वीर

कैलाली, २१ मंसिर । श्रीमतीलाई माइत पठाएको झोँकमा कैलालीको लम्कीचुहा नगरपालिकामा एक जनाले आफ्नै बुवा र ठुलोबुवाको हत्या गरेका छन् ।

लम्कीचुहा नगरपालिका–४ बलिया गाउँका जहरीलाल चौधरीले बुवा चक्र थारु र ठूलोबुवा पल्टु थारुको हत्या गरेको जिल्लाप्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

जहरीलालको आक्रमणबाट आमा द्धिलबाहादीदेवी चौधरी घाइते भएकी छन् । टाउको र बायाँ कानमा चोट लागेकी उनको लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

आफूलाई नसोधी श्रीमतीलाई माइत पठाएको भन्दै जहरीलालले बुवा, ठुलोबुवा र आमालाई घरभित्रै थुनेर कुटपिट गरेका थिए । घटनामा संलग्न जहरिलाललाई पक्राउ गरि आवश्यक अनुसन्धन भइरहेको कैलाली प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित