मंगलबार, ३ असार २०७६
DainikNepal.com
मंगलबार, ३ असार २०७६

यस्ताे अपराधमा संलग्न थिए राजन लिम्बु (विवरणसहित)

दैनिक नेपाल २०७५ मंसिर २१ गते १४:४४

काठमाडाैँ, २१  मंसिर । शुक्रबार दिउँसो रातोपुलमा प्रहरीले गोली चलाउँदा घाइते भएका राजन लिम्बु ६ वटा घटनामा संलग्न रहेको प्रहरीले जनाएको छ।

महानगरीय अपराध अनुसन्धान महशाखाका एसपी सोमेन्द्रसिंह राठौरले लिम्बु ६ वटा घटानमा संलग्न रही प्रहरीको वान्टेड सूचीमा रहेको बताए । लिम्बु यसअघि पनि ६ वर्ष जेल बसेर निस्केका थिए ।

पछिल्लो पटक उनले १२ मंसिरमा इटहरीमा रहेको एक्टिभ मनी ट्रान्फरमा सञ्चालक सबिन दाहाललाई छुरा प्रहार गरेर ३ लाख रुपैयाँ लुटपाटमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

त्यसअघि ०६३ सालमा उनले रोयल कोअपरेटिभ लिमिटेडको कार्यालयमा प्रवेश गरेर ११ लाख ३० हजार रुपैयाँ लुटिएको घटनामा पनि संलग्न भएको प्रहरीको भनाइ छ ।

लिम्बुकाे साथबाट बरामद गरिएको पेस्ताेल र त्यसकाे गाेली

०६३ सालमै उनले एक गेस्ट हाउसको काउन्टरमा पेस्तोल देखाएर ३ लाख ६१ हजार १ सय रुपैयाँ लुटेको अपराध ममहाशाखाले जनाएको छ ।

उनलाई प्रहरीले शुक्रबार दिउँसो गोली हानेर नियन्त्रणमा लिएको छ । दुवै खुट्टामा गोली लागेका लिम्बुको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । लिम्बुले प्रहरीलाई गोली हान्ने प्रयास गरेपछि जवाफमा आफूहरुले फायर खोलेको महाशाखाले जनाएको छ ।

उनको साथबाट एउटा चाइनिज पेस्तोल र त्यसमा लाग्ने चार वटा गोली समेत बरामद गरिएको छ ।

यस्ताे छ लिम्बु संलग्न रहेको घटनाकाे विवरण :

प्रतिक्रिया
सम्बन्धित