बुधबार, ६ चैत २०७५
DainikNepal.com
बुधबार, ६ चैत २०७५

नागरिकता विधेयकले राष्ट्रघातको सम्भावना बढ्यो : भण्डारी 

दैनिक नेपाल २०७५ मंसिर २१ गते १४:२५
-धर्मेन्द्र दाहाल
हेटौँडा,२१ मंसिर । सामाजिक अभियन्ता तथा राष्ट्रिय जागरण परिषदका केन्द्रीय संयोजक साध्यवहादुर भण्डारीले नागरिकता ऐन २०६३ लाई संसोधन गर्न बनेको नागरिकता विधेयक २०७५ मा गम्भिर त्रुटिहरु रहेको र यसले राष्ट्रघातको खतरा रहेको भन्दै उच्च स्तरीय न्यायिक अधिकार सम्पन्न छानविन आयोग निर्माण गर्नुपर्ने बताएका छन् ।
शुक्रबार हेटौँडामा पत्रकारहरुसँग अन्तरक्रिया गर्दै भण्डारीले नागरिकता नीति कठोर हुनुपर्नेमा जोड दिए । अहिलेको नागरिकता नीतिले नेपाल फिजिकरण हुने सम्भावना रहेको भन्दै भण्डारीले राज्य यसबारे गम्भिर हुनुपर्ने बताए ।
‘अहिले हाम्रो देशको नागरिकता नीतिले विदेशी नागरिकहरु सिधै नेपाली नागरिक बन्न सक्ने खतरा छ । यसले राष्ट्रियतालाई समेत गम्भिर आँच पुर्याउछ’, भण्डारीले भने ‘यो विधेयकले विदेशीलाई समेत नेपालमा “अनअराईवल भिजा” जस्तै नागरिकता दिने ब्यवस्था गर्न लागेको छ यसले नेपालमा भविष्यमा गम्भिर संकट ल्याउने निश्चित छ ।’
उनले २०६३ को जनआन्दोलनपछि नेपालमा २२ लाख भन्दा धेरै भारतीयहरुले नेपाली नागरिकता लिएको भन्ने समाचार बाहिर आईरहदा समेत सरकार गम्भिर नभै यस्तो विधेयक ल्याउनु षड्यन्त्रको गन्ध भएको अाराेप लगाए ।
नागरिकता सम्वन्धी गलत नीतिको कारण विश्वको धेरै देशहरु गृहयुद्धमा फसेको उदाहरण दिँदै उनले नागरिकता विद्येयक अति संवेदनशील विषय भएको कारण हचुवाको भरमा विधेयक नलैजान सांसदहरुलाई समेत आग्रह गरेका छन् ।
प्रतिक्रिया
सम्बन्धित