मंगलबार, ३ असार २०७६
DainikNepal.com
मंगलबार, ३ असार २०७६

प्रहरीकाे गाेली लागेर ‘खुंखार डाँका’ राजन लिम्बु घाइते

दैनिक नेपाल २०७५ मंसिर २१ गते १३:५४

राजन लिम्बु

काठमाडौँ, २१ मंसिर । प्रहरीकी गाेली लागेर ‘खुंखार डाँका’ राजन लिम्बु घाइते भएका छन् । प्रहरी र डाका समूहबीच काठमाडौँको कालोपुल धोबिखोला करिडोरमा शुक्रबार दिउँसो मुडभेट भएको थियो ।

मुडभेट क्रममा प्रहरीले गोली प्रहार गरेर डाँका मुद्दाका फरार लिम्बुलाई नियन्त्रणमा लिएको हो । महानगरीय अपराध महाशाखाको टोलीले एक राउण्ड गोली हानेर लिम्बुलाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीको गोलीबाट घाइते लिम्बुलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ।

लिम्बुकाे साथबाट बरामद गरिएको पेस्ताेल र त्यसकाे गाेली

पक्राउ गर्न खोज्दा लिम्बूले प्रहरीमाथि नै गोली चलाएका थिए । प्रहरीले लिम्बुका साथबाट टाइप फिफ्टीफोर नामक हतियार एकथान बरामद गरेको जनाएको छ। लिम्बु चोरी डाँका मुद्दाका फरार अभियुक्त हुन् ।

मिटर ब्याजमा समेत संलग्न उनलाई पक्राउ गर्ने क्रममा टोलीले खुट्टामा गोली हानेको छ। एक राउन्ड गाेली प्रहार गरिएकाे भनिएपनि लिम्बुकाे दुवै खुट्टामा गाेली लागेको छ ।

प्रतिक्रिया
सम्बन्धित