शुक्रबार, २१ मंसिर २०७५
DainikNepal.com
शुक्रबार, २१ मंसिर २०७५

भोलि श्रृङ्खलाको भाग्य परीक्षा, बाबु विरोध खतिवडा चीन पुगे

दैनिक नेपाल २०७५ मंसिर २१ गते १२:५६

काठमाडौं । मल्टिमिडिया अवार्ड र व्युटी विथ पर्पससँगै मिस वर्ल्डको फाइनलमा पुगेकी नेपाल सुन्दरी श्रृङ्खला खतिवडाको भाग्यको परिक्षा भोली चीनमा हुँदैछ ।

अन्तिम ३० स्पर्धीमा छनौट भइसकेकी श्रृङ्खलाले मिस वर्ल्डको ताज हात पार्ने धेरै नेपालीले आशा गरेका छन् । त्यसैले उनको समर्थनका लागि विहीबार बाबु तथा प्रतिनिधि सभा सांसद विरोध खतिवडासहित परिवारका ३१ सदस्य हौसला बढाउनका लागि चीन गइसकेका छन् ।

परिवारका सदस्यले श्रृङ्खलाले मिस वल्र्डको ताज लगाएको हेर्न आतुर रहेको बताइसकेका छन् । आमा मुनु सिग्देल, मामा माईजुसहित परिवार, हेटौंडा उप महानगरपालिकाका उपमेयर मिना लामा, मदनकुमार दाहाल, अनिल पाण्डे, नबिन केसीलगायत चीन पुगिसकेका छन् ।

श्रृङ्खलाले नै उक्त ताज पहिरिने धेरैको आत्मविश्वास पनि छ ।

भोली ८ डिसेम्बर, अर्थात् नयाँ मिस वर्ल्डको घोषणा हुुँदैछ । फाइनलमा पुगेपछि श्रृङ्खलाले मिस वर्ल्डको ताज जितेजस्तो अनुभुति भएको बताएकी थिइन् ।

‘मिस नेपालमा भाग लिएदेखि नै मेरो मुख्य उद्देश्य थियो मिस वर्ल्डसम्म आउने । मिस वल्र्ड मेरा लागि रोमाञ्चक क्षण बनिरहेको छ । साँच्चै भन्नुपर्दा यो मेरो लागि सौन्दर्य प्रतियोगिताभन्दा माथिको विषय बनेको छ’, उनले भनेकी थिइन्,‘त्यसमा पनि मैले ब्युटी विथ पर्पोस उपाधि जितेँ । यो मेरो लागि मिस वल्र्ड जिते जतिकै ठूलो उपाधि हो । म अत्यन्त खुशी छु ।’

टाइटलका लागि उनले प्रचुर मिहेनत गरेको बताइएको छ ।

पुननिर्माण र शिक्षा स्वास्थ्यका लागि श्रृङ्खलाको कामलाई विश्वले तारिफ पनि गरेको छ । मिस वल्र्डमा पुगेपछि सबैसँग चुनौती हुने, आवाजबिहीनको आवज बन्न सक्ने, सानो कामले पनि अन्यको जीवनमा परिवर्तन ल्याउन सक्छ भन्ने शिक्षा पाएको बताएकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित