मंगलबार, ३ असार २०७६
DainikNepal.com
मंगलबार, ३ असार २०७६

राष्ट्रिय योजना आयोगको बैठक बस्दै, यस्ता छन् एजेण्डा

दैनिक नेपाल २०७५ मंसिर २१ गते ११:३७

काठमाडाैँ, २० मंसिर । दिगो विकास लक्ष्य र १५औं योजनाबारे राष्ट्रिय योजना आयोगले आज छलफल गर्दैछ । दिगो लक्ष्यको आवश्यकता पहिचान, लागत अनुमान र रणनीति तथा १५औं योजनाका कार्यक्रम तथा रणनीतिका विषयमा छलफल गर्न बैठक बस्न लागेको अायाेगले जनाएको छ।

छलफलमा आयोगमा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनेछन् । अाउँदो फागुन पहिलो साता १५औं योजनाको आधारपत्र प्रकाशन गर्ने तयारी गरेको आयोगले २०७६ जेठ १५ भित्र पूर्ण दस्तावेज प्रकाशन गर्ने योजना बनाएको छ। आधारपत्रको प्रारम्भीक मस्यौदा स्वीकृत गर्न बैठक बोलाइएको हो।

त्यस्तै विकास योजना, नीति तथा कार्यक्रमहरूको अनुगमन र मूल्याङ्कनका बिषयमा भएका पछिल्ला प्रगतिका विषयमा पनि बैठकमा छलफल हुने आयोगले जानकारी दिएको छ।

प्रतिक्रिया
सम्बन्धित