मंगलबार, ३ असार २०७६
DainikNepal.com
मंगलबार, ३ असार २०७६

जनता डिजिटलले बनायो कलंकीमा आफ्नै स्टुडियो

दैनिक नेपाल २०७५ मंसिर २१ गते ७:५४

काठमाडौं । जनता डिजिटल एण्ड फिल्मस् प्रालिले म्युजिक भिडियो र फिल्मको इण्डोर शूटिङका लागि आफ्नै स्टुडियो निर्माण गरेको छ ।

म्युजिक भिडियो, फिल्म र अन्य कामहरूको छायाँकनमा हुने समस्यालाई ध्यानमा राखेर आफ्नै स्टुडियो निर्माण गरिएको जनता फिल्मसका अध्यक्ष केशव सापकोटाले जानकारी दिए ।

जनता डिजिटल एण्ड फिल्मसले म्युजिक भिडियोसम्बन्धी सम्पूर्ण काम गर्दै आएको छ । प्रालिका अध्यक्ष सापकोटाका अनुसार जनता डिजिटलले अबदेखि टेलिश्रृङखला पनि निर्माण गर्नेछ । ‘जय पराजय’ नामक टेली श्रृङ्खला निर्माण गर्न लागिएको सापकोटाले बताए ।

जनता डिजिटलले काठमाडौंको कलंकी दहचोकमा आफ्नै स्टुडियो बनाएको छ । स्टुडियोको निमार्ण कार्य अन्तिम चरणमा रहेको सापकोटाले बताए ।

यो स्टुडियोमा जनता डिजिटल एण्ड फिल्मस् प्रालिले निर्माण गर्ने म्युजिक भिडियो, फिल्मका इण्डोरका छायाँकनहरू गर्नेछ । जनता डिजिटलले केही समय अगाडि आफ्नै ड्रोन क्यामरा समेत किनेको थियो ।

प्रतिक्रिया
सम्बन्धित