सिटि, २१ मंसिर । क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिस आउँदो फेब्रुअरीमा संयुक्त अरब इमिरेट्स (युएई)को भ्रमणमा जाने भएका छन् ।
क्रिश्चियन र इस्लाम धर्माबलम्वीहरूको सम्वन्धलाई थप मजबुत र सौहार्दपूर्ण बनाउनका लागि पोपले मुसलमान समुदायको राष्ट्र युएइको भ्रमण गर्न लागेको जनाइएको छ ।
अरब प्रायद्वीपको भ्रमण गर्ने उनी पहिलो पोप हुने भेटिकनले बिहीबार जनाएको छ । आउँदो डिसेम्बर १७ तारिखका दिन ८२ वर्ष पुग्ने पोपले यसअघि अन्य केही इश्लामिक देशहरूको पनि भ्रमण गरेका थिए ।
उनले सन् २०१४ मा टर्की, २०१६ मा अजरबैजान र २०१७ मा इजिप्टको भ्रमण गरेका थिए । त्यसैगरी आउँदो मार्चमा उनले मोरोक्कोको भ्रमण गर्ने तालिका बनेको छ ।
युएइको भ्रमणका क्रममा फ्रान्सिसले फेब्रुअरी ३ देखि ५ सम्म हुने अन्तर्राष्ट्रिय ‘इन्टरफेथ’ मा पनि सहभागी हुने छन् ।















प्रतिक्रिया