शुक्रबार, २१ मंसिर २०७५
DainikNepal.com
शुक्रबार, २१ मंसिर २०७५

सुन तस्करी प्रकरण : सई बालकृष्ण सञ्जेललाई साधारण तारेखमा छाड्न आदेश

दैनिक नेपाल २०७५ मंसिर २० गते १८:५२

काठमाडाैँ, २० मंसिर । उच्च अदालतका विराटनगरले सुन तस्करी प्रकरणका पक्राउ परेका निलम्बित प्रहरी नायब निरीक्षक (सई) बालकृष्ण सञ्जेललाई साधारण तारेखमा छाड्ने आदेश दिएको छ ।

न्यायाधीश थीरबहादुर कार्की र जनक पाण्डेको इजलासले पूर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेश उल्टाएको हो । सञ्जेललाई साधारण तारेखमा राखेर मुद्दाको पूर्पक्षा गर्न आदेश दिएको अदालत स्राेतले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित