शुक्रबार, २१ मंसिर २०७५
DainikNepal.com
शुक्रबार, २१ मंसिर २०७५

ललितपुरकी बालिकालाई गोंगबु लगेर बलात्कार

दैनिक नेपाल २०७५ मंसिर २० गते १८:१२

 

काठमाडाैँ, २० मंसिर । ललितपुर महानगरपालिका–२८ हरिसिद्धि बस्ने उदयपुरकी १२ वर्षीया बालिका बलात्कृत भएकी छिन्।

बालिका बलात्कारको आरोपमा सातदोबाटो बस्ने दोलखाका २१ वर्षीय राजेन्द्र नेपाली र सोही ठाउँ बस्ने २७ वर्षीय सुरेश नेपालीलाई प्रहरीले पक्राउ गरेको छ।

मंसिर १७ गते सातदोबाटोमा हिंडिरहेको अवस्थामा अभियुक्तद्वयले बालिकालाई पशुपति घुम्न जाँउ भनी काठमाडौं गोंगबुस्थित गेष्ट हाउसको कोठामा लगेर बलात्कार गरी फरार भएको भन्ने उजुरीको आधारमा महानगरीय प्रहरी बृत्त सातदोबाटोको प्रहरी उनीहरुलाई बुधबार राति पक्राउ गरेको हो।

पक्राउ परेका दुवैजनालाई अनुसन्धानको लागि महानगरीय प्रहरी बृत्त महाराजगञ्ज काठमाडौं पठाइएको ललितपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित