शुक्रबार, २१ मंसिर २०७५
DainikNepal.com
शुक्रबार, २१ मंसिर २०७५

राष्ट्रपति भवन अगाडी प्रदर्शनमा उत्रिएका १५ जना पक्राउ

दैनिक नेपाल २०७५ मंसिर २० गते १४:०५


काठमाडौँ, २० मंसिर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षिया निर्मला पन्तका लागि न्याय माग्दै प्रदर्शनमा उत्रिएका १५ जनलााई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार दिउँसो ‘निर्मलाका निम्ति न्याय’ अभियानले न्याय माग्दै राष्ट्रपतिको कार्यालयको गेटै अगाडि प्रदर्शन गरेको थियो । प्रदर्शन र धर्नामा सहभागी उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रदर्शनमा उत्रिएका तीन किशोरीसहित १२ जनालाई प्रहरीले पक्राउ गरी महानगरीय प्रहरी बृत्त महाराजगञ्जमा राखेको छ । पक्राउ पर्नेहरुमा श्रृजना विश्वकर्मा, भावना राउत, सञ्जिला मगर लगायतका रहेका छन् ।

घटना भएको चार महिना बितिसक्दा पनि हत्यार पत्ता लाग्न सकेको छैन । हत्यारा पत्ता लगाई दोषीमाथि कडा कारबाहीको माग राख्दै सरकारलाई दबाब दिने उद्देश्यले निरन्तर रुपमा देशैभर प्रर्दशन हुँदै आइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित