शुक्रबार, २१ मंसिर २०७५
DainikNepal.com
शुक्रबार, २१ मंसिर २०७५

ओली भन्छन् – बुद्धिजीविहरुलाई जवाफ दिएँ भने थर्ला पर्नेगरि दिन्छु (भिडियोसहित)

दैनिक नेपाल २०७५ मंसिर २० गते १३:२४

काठमाडाैँ, २० मंसिर ।  प्रधानमन्त्री केपी शर्मा ओलीले केही बुद्धिजीवीमाथि प्रश्न गर्दै आफूले जवाफ दिए थला पर्ने बताएका छन्। नेपाल टेलिभजनबाट प्रशारण हुने जनतासँग प्रधानमन्त्री कार्यक्रममा बुधबार राति प्रधानमन्त्री केपी शर्मा ओलीले केही बुद्धिजीवीहरुले तल्लो स्तरको टिप्पणी गरेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

यस्ता बुद्धिजीवीको असलियत आफूलाई जानकारी रहेको र आफूले जवाफ दिँदा थला पर्ने सम्भावना रहेको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘उहाँहरूलाई म जान्दछु । त्यसकारण मसँग एकपटक उहाँहरूले वादविवाद गर्न अथवा मसँग सत्यहरूको सम्बन्धमा बहस गर्ने इच्छा गर्नुभएको हो कि होइन ? उहाँहरूलाई सोध्न चाहन्छु, उहाँहरूका अलिकति असलियत बाहिर आउँदा के हुन्छ ? अलिक विचार गरे हुने हो ।’

सरकारकै भत्ता पेन्सन खाने सुविधा लिने र गैरजिम्मेवार ढंगले बोल्ने एउटा र गोपनीयताहरूको वास्ता नगरी अत्यन्त अनुत्तरदायी र झुटो प्रचार गर्ने प्रवृत्ति देखिएको अाेलीकाे टिप्पणी छ । ‘मलाई कति मात्र भन्न मन छ भने सरकारकै भत्ता खाने पेन्सन खाने सुविधा लिने, अनि जथाभावी गैरजिम्मेवार ढंगले बोल्ने प्रवृत्ति एउटा, गोपनीयताहरूको वास्ता नगर्ने प्रवृत्ति अर्को। यस्ता प्रवृत्तिहरू र अत्यन्त अनुत्तरदायी र झुटो प्रचार गर्ने, अर्को मैले देखेको छु’, प्रधानमन्त्री अाेलीले भनेका छन्,  ‘यस्तो भएको हुनाले, त्यो त किनेको जस्तो पारिश्रमिक जस्तो यस्तो गरेर यस्तो भएको भन्ने अत्यान्त अपमानजनक ढंगले म जवाफ दिइरहन चाहन्नँ। तर उहाँहरूलाई म सोधी चै रहन्छु। जवाफ दिउँ?’

अाेलीले एसिया प्यासिफिक समिटमा आफूले पाएको पदक जायज भएको पनि बताएका छन् । क्रिश्चियन धर्मसँग जोडिएको विवादास्पद संस्थाले गरेको सम्मेलनमा सरकार ‘सहआयोजक’ को हैसियतमा सहभागी भएको भन्दै चर्को आलोचना भएको थियो ।

‘जुन सम्मान र पदक मैले पाएको हुँ, त्यो नेपाली जनताको सफलताको, नेपाली जनताको बलिदानीपूर्ण संघर्षले पाएको सम्मान हो’ उनले भने, ‘जुन बहुत जायज हो ।’ सम्मेलनमा सबैले नेपालको उपलब्धीको प्रशंसा गरेको र त्यसको नेतृत्व गरेको तथा सुशासनको पक्षमा काम गरेकाले आफूलाई यो सम्मान दिएको उनले बताए ।

‘केहीलाई लागेको होला, नबुझिकन वा बंग्याएर गरिएको विरोधसँग तालमेल खाएन । दुनियाँ केही बुझ्दैन, यहाँ मात्र २/४ जनाले देखेको छ भन्ने होइन ।’

हेर्नुहाेस् भिडियो

प्रतिक्रिया
सम्बन्धित