शुक्रबार, २१ मंसिर २०७५
DainikNepal.com
शुक्रबार, २१ मंसिर २०७५

आठौं राष्ट्रिय खेलकुदका लागि खेलाडी छनौट हुँदै

दैनिक नेपाल २०७५ मंसिर १९ गते १६:१८

बर्दिया,  १९ । आगामी माघमा हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेलाडी छनौटको प्रकृया सुरु गरिएको छ । माघको २७ गते देखि फागुन ३ गतेसम्म प्रदेश नम्बर ५ को नेपालगञ्जलगायत विभिन्न स्थानमा हुने प्रतियोगिताका खेलाडी छनौटको प्रकृया सुरु भएको हो ।

बर्दियाबाट कबड्डी खेलका महिला तथा पुरुष खेलाडीका लागि जिल्ला खेलकुद विकास समिति बर्दिया र जिल्ला कबड्डी संघ बर्दियाको संयुक्त आयोजनामा कबड्डी छनौट प्रकृया सुरु भएको छ । प्रतियोगितामा प्रतिष्पर्धा गर्ने कबड्डी खेलका खेलाडीहरु छनौटका लागि जिल्ला भरिबाट सहभागी टिमहरुबीच मंगलबार र बुधबार प्रतिस्पर्धा गराई एक जिल्ला स्तरिय पुरुष र महिला टिम बन्द प्रशिक्षणमा राखिने जनाइएको छ ।

जिल्ला खेलकुद विकास समिति बर्दियाका कोषाध्यक्ष तीर्थ आचार्यको अध्यक्षता एवम् मधुवन नगरपालिकाका नगरप्रमुख गणेश बहादुर क्षेत्रीको प्रमुख आतिथ्यतामा छनाैट कार्यक्रम भएको हो । छनौट प्रकृयामा प्रशिक्षक लोक बहादुर बिष्ट, मोतिकला थारु, दयाराम थारुले प्राविधिकको रुपमा भूमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित